eNepal

भारतमा पछिल्लो २४ घन्टामा ४८ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि

एजेन्सी – भारतमा एकैदिन ४८ हजार भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा त्यहाँ ४८ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप ६ सय ९० जनाको मृत्यु भएको छ ।
यसअघि शुक्रबार भारतमा अघिल्लो दिन ४८ हजार ८ सय ९२ संक्रमित थपिएका थिए भने ७ सय ६१ जनाको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण भारतमा हालसम्म ३२ हजार ९६ जनाको मृत्यु भएको छ । १३ लाख ८५ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । ८ लाख ८६ हजार मानिस उपचारपछि निको भएका छन् ।

यसैबीच भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलाई कोरोना संक्रमण भएको छ । संक्रमण देखिएपछि उनलाई भोपालस्थित चिरायु अस्पताल भर्ना गरिएको छ । उनले कोरोना भाइरस दिशानिर्देशनहरुको आफूले पालना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट बँच्न सावधानी अपनाउन अपील गरेका छन् ।

मुख्यमन्त्री चौहानले आफूले गर्दै आएको दैनिक कोरोना समीक्षा बैठक अब भिडियो कन्फ्रेन्समार्फत् गर्ने र आफ्नो अनुपस्थितिमा बैठकहरु राज्यका अन्य मन्त्रीहरुले सम्हाल्ने जनाएका छन् ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349