eNepal

राप्रपा नेता सुनिल थापालगायत ३१ जना नेताले राप्रपा परित्यागको घोषणा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सुनील थापालगायत ३१ नेताहरूले एकसाथ पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। शनिबार अध्यक्षत्रयलाई सम्बोधन गर्दै ती नेताहरूले पार्टीका सबै जिम्मेवारीबाट आफूहरू अलग भएको भन्दै राजीनामा पत्र बुझाएका हुन्।

स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हुँदा राप्रपाप्रति विश्वास समाप्त भएको भन्दै उनीहरूले राजीनामा दिएको उल्लेख गरेका छन्।

राजीनामा दिनेहरूमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत, पार्टीका प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरू दिलिप राई, आशाराम चौधरी, चन्द्रकुमार घुन्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारथ साहलगायतका नेताहरू छन्।

‘उदार प्रजातान्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्धतिका पक्षमा निरन्तर रहने गरी हामी आजका मितिदेखि रापपाको सबै तहका पद र जिम्मवारीबाट अलग रहने घोषणा गर्दछौं,’ अध्यक्षत्रयलाई थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ।

‘एकतापछिको सचिवालयको कार्य व्यवस्था समितिसहित विभिन्न निकायको गठनमा समावेशीतालाई बेवास्ता गरिएको छ। पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन सकेको छैन। मधशी समुदायका प्रतिनिधित्वलाई उपेक्षा गरिएको छ,’ थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349