काठमाडौं -केहिदिन यता अविरल बर्षाले बाढी पहिरोको कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बाटोको पहिरो हटाउने र बैकल्पिक बाटो बनाउने काम तिव्र भएको हुँदा आज साझसम्म एकतर्फी यातायात सुचारु हुने स्थानीय प्रशासनले जनाएको छ ।
अविरल बर्षाले काठमाडौ जोडिएको मुख्य सडक अवरुद्ध हुँदा अहिले सवारीसाधन आवतजावत ठ्प्प हुँदा मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । अहिले काठमाडौमा उपभोग सामाग्रीको मुल्य वृद्धि हुन थालेको छ ।
धादिङको मौवा खोला स्थिति पुल बगाउँदा अहिले बैकल्पिक बाटो बनाउने काम तिब्र भइरहेको छ । आज साझ सम्म केही बाटो बनी एकतर्फी यातायात सूचारु हुने स्थानीय प्रशासनले जनाएको छ ।