eNepal

नेपाल महोत्सव मेलवर्न २०१६: नेपालीको पहिचान

imageमाधव पौडेल

बिगत २००८ देखि सुरु भएको नेपाल महोत्सवको लहरले अहिले भिक्टोरीया तातियको छ। यतिबेला NRNA सँग सम्बद्द पदाधिकारीहरु लगायत सम्पूर्ण सामाजिक संस्थाहरु मेलवर्नलाइ नेपालमय बनाउनको लागि तम्तयार रहेका छन्। भिक्टोरीयामा अवस्थित विभीन्न जातजाति र क्षेत्रसँग सम्बन्धित नेपाली भासी करिब ५२ वटा संस्थाहरुमा यसको चहलपहल राम्रैसँग पुगेको देखिन्छ। त्यसैगरी यहाँका मिडियाकर्मी, कम्युनिटीका अगुवाहरु देखी शैक्षीक संस्था लगाएत भाषा र कला क्षेत्रमा पनि यसको प्रभाव बढ्दै गरेको स्पस्ट आभास मिलेको छ।

पहिलो चरणमा कार्यक्रमको खेर्सा तयार पार्ने देखी आर्थिक स्रोतको सम्भाव्यता अध्ययन गर्ने, स्थान बूकिंग गर्ने लगायत समय तय गर्ने देखीको कलाकारको बारेमा प्रकृया अगाडि बढाउने र विभीन्न कामको जिम्बेवारी सकेसम्म सम्बन्धित क्षेत्रको ज्ञान भएका व्यक्तित्व र संस्थाहरुलाई दिदै अगाडि बढ्ने निर्णय अनुसारको काम भएको छ। नेपाल महोत्सवको तयारी कहाँ बाट कसरी भईरहेको छ भन्ने जानकारी र सबै सबलमा पार्द्रसी रुपले हातेमालो गर्दै अगाडी बढ्न सकियोस भन्ने हेतु ले यो सानो खेर्सा तयार पारीएको छ।

फेस्टीभल संयोजन समितीले फेस्टीभल सल्लाहकार समिती, नेपाली राजदुतावास क्यान्बेरा र कन्सुलेट जनरल अफ नेपाल तिनवटाको संयोजनमा आफ्नो कामलाई अघाडी बढाएको छ जस अनुसार कार्यक्रम व्यबस्थापन समिती, स्टल र प्रायोजक व्यबस्थापन समिती लगाएत फाईनान्स समिती, स्वयम् सेवक ब्यबस्थापन समिती, परेड व्यबस्थापन, पाहुना व्यबस्थापन, मिडीया व्यबस्थापन, साहित्य, श्रव्य दृश्य व्यबस्थापन लगाएत गाला डिनर व्यबस्थापन समितीले आआफ्ना कामहरु गरिरहेका छन्।

स्टल र प्रायोजक समितीले भेन्यु सजावट र मन्च व्यबस्थापन, साँस्कृतीक व्यबस्थापन, एम् सी व्यबस्थापन लगाएत लाईभ म्युजीकको व्यबस्थापनको काम गर्ने भएको छ।

माथी उल्लेखीत कमिटीको काम र कर्तब्य सहितको सन्क्षिप्त बूक्लेट सहित सबै कमिटिका सदस्यको जिम्मेवारी अगाडी बढाईएको छ। साथै विभीन्न कमिटिहरुको अपडेट र जानकारी भाईबर , फेसबुक र टेलीफोन र बैठकहरुको माध्यमबाट समेत भैरहेको छ।

यस पछाडी दोस्रो चरणमा स्पोनसोर कमिटिले विभीन्न शैक्षीक परामर्स दाताहरु, रेस्टुरेन्ट तथा अन्य विभिन्न व्यक्ती र संस्थाहरुको सहयोग लिदै आफनो जिम्मेवारी अघाडी उठायौ भने नेपालको सरकारी तह र भिक्टोरीया सरकारी तहमा समेत grant आबेदन गरियो र अनुमोदन समेत भयो। तेस्तै साँस्कृतीक समितीले भिक्टोरीया भरिका नेपाली समाजहरुबाट नृत्याङ्गना लगायत कोरीयोग्राफर तयार पार्दै अहिले प्रशिक्षणको चरनमा अगाडी बढिरहेका छन् जस अन्तर्गत अहिले १२-१५ वटा समुह नृत्यहरुको तयारी भैरहेको छ।

यो राम्रो पक्ष हो कि सबै भन्दा पहिला हामी नेपाली हौ। हामी भिक्टोरीयामा रहेका सबै नेपाली यस बिशेष कार्यक्रमका सदस्य हौं। त्यसपछी हामी कुनै संस्था विचार क्षेत्र वा जातीसँग जोडिन सक्छौ जुन गौण कुरा हो त्यसैले नेपालीहरुको सच्चा पहिचान यतिबेला नेपाल महोत्सव नै हो। जस भित्र हाम्रा देउसी भैलो नाँच, रोदी, म्ह पूजा, छट अनि थारु नाच वा अन्य जनजातीका बिविध पहिचानहरु झल्काउने बिभीन्न कार्यक्रमहरु रहेका छन्।नेपाल महोत्सव भनेको नै यी सबैको परिचय हो साझा चौतारी हो अनि यो साझा चौतारीमा नेपाली मन, नेपाली पन र नेपाली परम्परालाई जगेर्ना गरौ, नेपाली सँस्कृतीलाई प्रबर्धन गरौ भन्नेनै मुख्य उद्देश्य नेपाल फेस्टीभलको हो।
त्यसैले यो बृहत महत्सवमा कोही पनि नछुटौ, सबै मिलेर होस्टेमा हैंसे गर्दै राम्रा पक्षहरुलाई अङ्गाल्दै अघि बडेर नेपाल फेस्टीभल मेल्बोर्न २०१६लाई सफल पार्न आग्रह गर्दछु।

नोट: लेखक एनआरएनए भिक्टोरीया सचिब हुनुहुन्छ र बिगतमा भएका नेपाल फेस्टीभल र एनआरएनको वेभसाईटलाई आधार बनाएर लेखीएको लेख हो।

 

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349