eNepal

नेपाल फेस्टीभल मेल्बोर्न २०१६को तयारी तिब्र:नेपाली चर्चीत पप व्यान्ड कन्दरा, लोक तथा दोहोरी गायक खुमन अधिकारी र लोक दोहोरी गायिका रमीला न्यौपानेको बेजोड प्रस्तुती रहने

नेपाल फेस्टीभल मेल्बोर्न २०१६को तयारी तदारुक्ताका साथ हुँदैछ। हरेक दुई बर्षमा मनाईने यो फेस्टीभल आगामी १७ डिसेम्बरका दिन मेल्बोर्नको मुटु फेडेसन स्कायरमा एक भव्य कार्यक्रमहरुका बिचमा हुने भएको छ। अस्ट्रेलीयाको बिभीन्न शहरहरुमा हुने नेपाल फेस्टीभल ब्रिस्बेनमा गत हप्ता भव्यताका साथ सम्पन्न भईसकेको छ भने आउँदो हप्ता २६ नोभेम्बरका दिन सिड्नीमा हुँदै आगामी १७ डिसेम्बरका दिन तपाई हाम्रो शहर मेल्बोर्नमा हुने भएको छ।

image

यस बिशेष कार्यक्रमको आकर्षणका रुपमा साँस्कृतीक कार्यक्रमलाई हेर्ने गरिन्छ।यस बर्षको बिशेष साँस्कृतिक कार्यक्रमको लागि नेपाली साङ्गीतिक आकाशमा एक बेग्लै पहिचान बनाई सकेको अनि हरेक नेपाली सङ्गीत प्रेमीको मनमा बस्न सफल भईसकेको ब्यान्ड कन्दरा मुख्य आकर्षणको रुपमा रहने छ। पोखरेली व्यान्ड कन्दरा नेपाल फेस्टीभल बिशेष कार्यक्रमको लागि अहिले अस्ट्रेलीयामा रहेको छ जसले गत हप्ता ब्रिस्बेनमा आफ्ने बेजोड प्रस्तुती दिएर सबैको मन जितीसकेको छ भने आउँदो हप्ता सिड्नी हुँदै मेल्बोर्नका आफ्ना फ्यानहरुको लागि प्रस्तुती दिने भएको छ।

image

सन् १९९२मा जन्म भएको यो व्यान्डले नेपाली सङ्गीतलाई व्युँताई राख्नुमा प्रमुख भुमीका खेल्दै आएको छ।लेख कि ए मायाँ, तगारोमा रुमाल राखी, हङ्कङ पोखरा,तिमी पारी त्यो गाउँमा, बिदेशीएर गईन उनी, चन्चले कान्छीको जोवन जस्ता कालजयी गीतहरु नेपाली सङ्गीत प्रेमीहरुलाई दिईसकेको यो व्यान्डले हालसालै भेडीगोठैमा नामक गीत बजारमा ल्याएको छ।

image

अर्का कलाकार हुन लोक तथा दोहोरी गायक खुमन अधिकारी। अहिलेका एकदमै व्यस्त तथा लोक सङ्गीत दुनीयाँमा अव्वल स्थान ओगट्दै आएका खुमन अधिकारी नेपाल फेस्टीभल मेल्बोर्नको बिशेष निम्तोलाई स्विकार्दै आफ्नो प्रस्तुती दिन आउने भएका छन्।त्यो मन रुन्न होला र, आउ है यसै पाला, सारङ्गीको धुन, सिन्की साँधेर लगायत दर्जनौ गीतहरु नेपाली जनमानसको मुखमा झुन्डीएका छन्।

image

त्यस्तै लोक तथा दोहोरी गायिका रमीला न्यौपानेको पनि प्रस्तुती रहने भएको छ। सिन्दुपाल्चोकको बडेगाउँ तिनघारेमा जन्मेकी अहिले व्यस्त र हामी सबैकी लोकप्रीय नेपाली लोक तथा दोहोरी गायीका रमिला न्यौपानेको साङ्गीतिक यात्रा वि: स २०६१ टुबोर्ग लोक दोहोरी प्रतीयोगीतामा तेस्रो भएपछि सुरुवात भएको थियो। झन निखारता वि: स २०६१ मानै रेडीयो नेपालको स्वर परीक्षामा पास भए पछि भएको हो।घर त नुवाकोट, सिङ्ह दरबार शहिद गेट लगाएत झम्झम् दर्कीयो पानी लगाएत धेरै गीतहरु नेपाली लोक सङ्गीतका पारखी माँझ प्रचलीत लोक भाकाहरु रहेका छन्।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349