eNepal

आजदेखी सार्बजनिक यातायात सुचारु हुने तर उपत्यका छिर्न पास चाहिने

काठमाडौँ- यातायात व्यावसायीहरुले आज(विहीबार)बाट सार्वजनिक यातायातका साधन चलाउने भएका छन् ।

सरकारका प्रतिनिधि र यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुबिच पटक पटक भएको वार्ताले सहमति जुटाएपछि आजबाट सेवा दिन यातायात व्यावसायीहरु सहमत भएका छन् ।

काठमाडौं उपत्यका लगायत देशैभर छोटो दुरीमा आजबाट सार्वजनिक सवारी साधान गुड्नेछन् ।

एक जिल्लाबाट अर्को जिल्लामा जान भने पाईने छैन । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपूर जिल्लामा आवतजावत गर्न रोक लगाईने छैन ।

यसैबिच, सरकारले लकडाउन अन्त्य गरेको बताएपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ ।

लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको थियो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349