काठमाडौं – देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसूनी न्युन चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको विभागले जनाएको छ।
पश्चिमी पहाडी क्षेत्रमा गएराती भारी वर्षा मापन भएको छ । तसर्थ भिरालो क्षेत्रमा पहिरोको जोखिम उत्पन्न हुन सक्छ ।
त्यस्तै मध्य र तराइका क्षेत्रका बाढी पहिरोको जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।