eNepal

मेल्बोर्न निबासी माधव न्यौपानेले ल्याए लोक भाका “वनको न्याउली रोयो भीरको प्याउली वैलायो” (भिडीयो सहित)

मेल्बोर्न निबासी माधव न्यौपानेले लोक सङ्गीत पारखीहरुको लागि बनको न्याउली बोलको गीत बजारमा ल्याएका छन्। लोक गीत सङ्गीतमा बिगत केही समय देखी लय सङ्कलन गर्दै आएका माधव न्यौपानेको गत साल राम चन्द्र काफ्लेको स्वरमा गाईएको आमा कसम सुन्तलीले नेपाली लोक सङ्गीतको बजारलाई राम्रोसँग तताएको थियो।

रमाईलो र ठट्यौली पाराको गीतबाट अलि फरक धारमा एउटा गाउँले परिवेशको कथा, अनि घरकि मायाँलाई छोड्दाका बियोगान्त कथालाई समेटिएको भाव रहेको छ यो गीतमा। युवाहरु बिदेश पलायन हुँदा गाउँ घरको सन्नाटा अनि बुढा भएका आमा बाको बिलौना र आफ्नी मायाँलाई छोड्दाको पीडा यस गीतमा देख्न सकिन्छ।

माधव न्यौपानेको लय सङ्कलनमा गायीका देबी घर्तीले साथ दिएकी छिन् भने यस गीतलाई बरदान डिजीटलले बजारमा ल्याएको हो। यस गीतलाई बिमलराज क्षेत्रीले एेरेन्ज गरेका हुन् भने निर्देशन कुमार केसीले गरेका छन्।यस गीतमा अभिनय स्वयम् माधव न्यौपाने र आशा खड्काको रहेको छ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal