महान चाड तिहारको आज तेस्रो दिन देशभर दीपावली गरी लक्ष्मीपुजा गरिँदैछ । खासगरि घरको आँगन, कोठा गाईको गोबरले लिपेर सफा बनाइ, झ्याल ढोकामा फूलका माला लगाएर सिगार्ने अनि झिळीमिली मनाईने गरिन्छ ।बिशेष गरेर आज साँझ घरको मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट बनेको लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।
आजैका दिन सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने विश्वास परम्परागत रुपमा रहि आएको छ ।आझ साँझनै लक्ष्मी पुजा पछि घरघरमा भैलो खेल्ने परम्परा छ ।