काठमाडौं -कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोकिएको मादक पदार्थ सेवन (मापसे) जाँच पुनः सुरु हुने भएको छ । आज (बुधबार) देखि नियमित रुपमा मापसे चाँज सुरु गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । सावधानी अपनाउँदै मापसे चेकजाँच गरिने उनले बताए ।
मेसिनको प्रयोगलाई निरुत्साहित गर्ने र अवस्था अनुसार सवारी चालकलाई मेडिकलमा लगेर (स्वास्थ्य जाँच गराएर) कारबाहीको दायरामा ल्याइने उनले बताए । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि ट्राफिकले मापसे जाँच रोकेको थियो । महाशाखा प्रमुख ढकालका अनुसार, त्यस समयदेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।