बिगत केही बर्ष देखि नेपाली लोक सङ्गीतको माध्यमबाट मेल्बोर्नमा रहनु भएका तमाम नेपाली लोक सङ्गीतका पारखीहरुलाई बिभीन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको हिमाली साँस्कृतिक समुहले हिन्दुहरुको महान पर्व तिहारलाई लक्ष्क्षीत गर्दै दशैं तिहार शुभकामना साँझ आयोजना गर्न लागेको छ। १४ नोभेम्बरका दिन स्थानिय ईस्टोनियन हाउसमा आयोजना हुने सो कार्यक्रममा लोकगाक तथा सङ्कलक रामजी खाँड र लोक दोहोरी गायीका रमिला न्यौपाने साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने भएको छ।
नेपालीको पहिचान लोक गीत सङ्गीतलाई अबको पिडीलाई पनि चिनाउनु पर्छ, हाम्रो पहिचान देखाउनु पर्छ भन्नका खातिर हिमाली साँस्कृतिक समुहले लोक सङ्गीतका श्रस्टाहरुलाई लिएर कार्यक्रम गर्दै आएको सर्वबिधीतै छ।
नेपालीहरु विस्वका हरेक कुनामा छरिएर बसेकोले गर्दा पनि आज नेपाली लोकगीत सङ्गीत विश्वका हरेक कुनामा घन्किन थालेका छन्।सङ्गीतको दायरा फराकिलो भएको यो परिस्थीतीमा नेपाली कलाकारहरु बिदेशमा गएर कार्यक्रम प्रस्तुती दिने क्रम पनि बड्दो रुपमा रहेको छ जसले गर्दा कलाकार स्वयमलाई पनि आर्थीक स्तरमा केही भएपनि राहत मिलेको छ।
कला र सँस्कृतीको जगेर्नामा नेपाली कलाकारहरुले खेलेको प्रमुख भुमीकाको कदर गर्दै हिजो हिमाली साँस्कृतिक समुहले नेपाली कलाकारलाई सम्मान गरेको छ।बरिस्ठ लोक तथा दोहोरी गायक बद्री पङ्गेनी, बरिस्ठ पार्श्व गायीका मिलन अमात्य, बरिस्ठ हाँस्यव्यङ्ग्य कलाकार एवम् सबैका मुन्द्रे जितु नेपाल लगाएत लोक दोहोरी गायिका प्रिती आलेलाई सम्मान गरिएको थियो।साथसाथै बिदेशमा नेपाली लोक गीत र सङ्गीतको जगेर्ना कसरी गर्न सकिन्छ र यसलाई कसरि निरन्तरता दिने भन्ने बारेमा छलफल भएको थियो।हालसालै भएको छैठौं लोक तथा दोहोरी गीत प्रतीस्ठानको अधिबेशनबाट अद्धक्ष पदमा बिजयी हुनु भएका बद्री पङ्गेनीलाई बधाई ज्ञापन दिदै अस्ट्रेलीयामा पनि यसलाई कसरी अगाडी लैजान सकिन्छ भन्ने बारे छलफल भएको थियो। श्रस्टालाई सम्मान कार्यक्रम मेल्बोर्नको बेल स्ट्रीट क्यान्टीनमा सम्पन्न भएको थियो।