eNepal

गजल/कबिता: साँच्चै यो देशमा पसिना र पाखुरी बेचीन्छ

साँच्चै यो देशमा पसिना र पाखुरी बेचीन्छ
बेच्दा बेच्दै जिन्दगीको आधा हिस्सा पुरै बेचीन्छ
मायाँको नाममा कुमारित्व बेचीन्छ
पैसाको नाममा स्वाभिमान बेचीन्छ
साँच्चै यो देशमा पसिना र पाखुरी बेचीन्छ

रक्सी र सोम रसको नाउमा भर्जीनिटी बेचीन्छ
कमाउने र जोगाउनेको नाममा यौवन बेचीन्छ
देखाउने लहैलहैमा लाग्दा ढाडको मेरुदण्ड बेचीन्छ
पैसाको पछि दगुर्दा दगुर्दा लोग्ने स्वास्नीको काख बेचीन्छ
साँच्चै यो देशमा पसिना र पाखुरी बेचीन्छ

सन्तानको लागि आमाको ममता र मायाँ बेचीन्छ
आमाको सपना पुरा गर्ने सपनामा कैयौं रात अरुलाई बेचीन्छ
मरुभुमीको पथ्थर फुटाउने बहनामा
छोडेर आएको प्रेमीको यौवनको कुण्ठा बेचीन्छ
साँच्चै यो देशमा पसिना र पाखुरी बेचीन्छ।

रास्ट्र र रास्ट्रियताको नाममा देश बेचीन्छ
मरेको लाश देखाएर लोकतन्त्रको पुत्ला बेचीन्छ
आरक्षण र समानुपातीकको खोल ओडेर
जात, धर्म अनि सिमाङ्कनको रेखा बेचीन्छ
साँच्चै यो देशमा पसिना र पाखुरी बेचीन्छ

मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349