eNepal

सरकारसङ्ग भयो सहमति बिहीबारदेखि यातायात सेवा सुचारु हुने

आगामी विहीबारबाट सवारीसाधन सञ्चालनमा ल्याउन यातायात व्यवसायीहरू सहमत भएका छन् । सरकार, यातायात व्यवसायी र मजदुर संगठनबीच विहीबारबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति भएको हो ।

सरकार चालक र सहचालकको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, कोरोना बिमा गर्नुपर्नेलगायतका व्यवसायीको मागमा सहमत भएको छ । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रमान कर्मचार्यले उच्च सुरक्षा अपनाएर सवारीसाधन सञ्चालन गरिने बताए । उनले भने, ‘हाम्रा केही माग थिए । केही मौद्रिक नीतिले सम्बोधन गरेको छ । केही मागमा यातायात व्यवस्था विभागसँग छलफल गरेर सहमति गरेका छौं ।’ लामो दूरीका सवारीसाधन पनि चाँडै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको कर्मचार्यले बताए ।

काठमाडौं -यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघबीच सोमबार छलफल भएको थियो ।

यातायात व्यवस्था विभागले कोरोना महामारीको समयमा सुरक्षित रहन कोरोना महामारीमा सार्वजनिक सवारीसाधन शीर्षकमा कार्यविधि बनाएको छ । कार्यविधिमा सवारीसाधनमा एक सिटमा एकजना मात्र यात्रु बस्न पाउने, चालक र सहचालकले अनिवार्य रूपमा पञ्जा, मास्क लगाएको हुनुपर्ने, हरेक सवारीसाधनमा स्यानिटाइजर लगाएको हुनुपर्ने, यात्रु चढाउँदा र ओर्लंदा सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका विषय समेटिएको छ । विभागले कार्यविधि कडाइका साथ लागू गरिने जनाएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349