काठमाडौं -लगातारको बर्षाको कारण बाढी पहिरो जादा सडक संजाल अवरुद्ध भएका छन । आज अवरूद्ध भएका ठूला सडकहरू यसप्रकार छन ।
१. दार्चुला: महाकाली नगरपालिका-५ स्थित दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ अविरल वर्षाका कारण पहिरो गई सडक पूर्णरुपमा अवरुद्ध ।
२. धादिङ : गजुरी गाउँपालिका-२ फुर्केखोलास्थित पृथ्वीराजमार्गमा वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक पूर्णरुपमा अवरुद्ध ।
३. धादिङः बेनिघाट रोराङ गाउँपालिका- १० बाँदरेभिरस्थित पृथ्वी राजमार्गमा वर्षाको कारण पहिरो खसेरसोमबार बिहानदेखि सडक अवरूद्ध।
४. पाल्पा: पूर्वखोला गाउँपालिका-१ सिलुवा र निस्दी गाउँपालिका-५ बेलडाँडास्थित तानसेन(रामपुर सडकखण्डमा अविरल वर्षाको कारण पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरूद्ध।
५. मनाङ: नासोँ गाउँपालिका-१ म्यार्दी भिरस्थित बेसीशहर(चामे सडकखण्डमा ढुङ्गा झरेरसोमबार बिहानदेखि सडक अवरूद्ध।
६. गोरखा: गोरखा नगरपालिका-२ कटुसघारीस्थित गोरखा आरुघाट सडकखण्डमा अविरल परेको वर्षाको कारण पहिरो झरेर सोमबार बिहानदेखिसडक पूर्णरुपमा अवरूद्ध।
७. गोरखा: गोरखा नगरपालिका-१२ सातकिलो भन्ने स्थानमा अविरल वर्षाको कारण पहिरो आई अमरसिंह राजमार्गसोमबार दिउँसोदेखिपूर्णरुपमा अवरूद्ध।
८. सोलुखुम्बु: दुधकुण्ड नगरपालिका-११ साल्मेस्थित सोलु(ओखलढुङगा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखिवसडक अवरूद्ध।
९. पाँचथर: फाल्गुनन्द गाउँपालिका-३ स्थित पाङग्रेभीरमा अविरल वर्षाको कारण पहिरो झरेर मेची राजमार्गको सडकसोमबार दिउँसोदेखि अवरूद्ध।