युभेन्टसले सिरी ए लिग फुटबलमा महत्त्वपूर्ण जित निकालेको छ । मंगलबार बिहानभएको लिगको ३४औं साताको खेलमा युभेन्टसले आफ्नो घरेलु मैदानमा पाहुना टोली लाजियोलाई २–१ ले हरायो । एलिनाजरंगशालामा युभेन्टसलाई महत्त्वपूर्ण जित दिलाउन रोनाल्डोले २ गोल गरे ।
अब यो जितपछि युभेन्टस स्पष्ट रूपमा उपाधि नजिक पुगेको छ । उसले अब लिगका ३४ खेल सकिँदा अंक तालिकामा स्पष्ट ८ अंककोअग्रता बनाएको छ । युभेन्टसलाई उपाधि च्याम्पियन बन्न अब बाँकी चार खेलमध्ये मात्रै दुई जित आवश्यक छ ।
त्यससपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल युभेन्टसले २–१ ले जित्यो । अब यो जितपछि युभेन्टसले ३४ खेलबाटकूल ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको इन्टर मिलानलाई ८ अंकले पछि पारेको छ । पराजित लाजियो चौथो स्थानमा छ । ऊयुभेन्टसभन्दा ११ अंकले पछि परेको छ ।
सिरि ए मा लिग बिजेता युभेन्टस हुने पक्का पक्कि जस्तै देखिन्छ ।