eNepal

अस्ट्रेलीयाको मेल्बोर्नमा एक नेपाली छात्रा माथि यौन दुर्व्यबहार गर्ने युवक प्रहरी फन्दामा

बिगत केही समय देखि आफ्नो अध्ययनको शिलशिलामा अस्ट्रेलीयाको मेल्बोर्नमा बस्दै आएकी एक छात्रा माथि यौन शोषण गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्रिएको छ।

बलत्कार र यौन जन्य अपराधमा सँलग्नको आधारमा नेपाली छात्राको उजुरी उपर ती युवालाई समातिएको भिक्टोरीया पुलीसलाई उदृत गर्दै साउथ एसिया डटकम मार्फत राम खत्रीले जनाउनु भएको छ। मेल्बोर्न क्रेगीबनमा बस्दै आएको ती युवक बिधार्थी भिषामा रहेका थिए।

केही दिन अगाडी एकाएक घटना बाहिर आएपछि भिक्टोरीयामा रहेका समाजिक सँघ सँस्था र त्यसका अगुवाहरुको यस घटनाबारे गम्भीर ध्यानाकार्षण भएको थियो र यस्तो घटनाको बिरोध गर्दै कसरि हुन्छ पिडीतलाई सजाय र पिडकलाई न्याय दिलाउने कुरामा सम्बन्धित ठाउँमा छलफल भईरहेको जानकारीमा आएको थियो।

मेल्बोर्न म्याजिस्ट्रेट्स कोर्टले अभियुक्तलाई २१ अक्टुबरमा प्रारम्भिक सुनुवाईको निम्ती उपस्थितीको लागि बोलाएको छ।

प्रहरी र शो छात्राको आग्रहमा नाम भने गोप्य राखिएको छ। समाजमा यस्ता घटनाबाट जो कोही नि पिडीत हुन सक्छ। यस्तो घटनाहरुलाई लुकाएर निरुत्साहित गर्नु भन्दा खुलेर लड्न सक्ने वातावरण हाम्रो समाजमा सृजना होस भन्दै आफुलाई जस्तो अरु कोही कसैलाई पनि नहोस भनेर अभिब्यक्ती दिएकी छिन्।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal