eNepal

छक्का पन्जाले मेल्बोर्नमा पनि रकर्ड तोड्यो,चार शो फुल हाउस

image

नेपाली रजतपटमा रेकर्ड माथि रेकर्डको लिस्ट थप्दै गएको बहु चर्चीत नेपाली चलचीत्रले मेल्बोर्नमा पनि लगातार चार शो फुल हाउस चलाएर रेकर्ड बनाएको छ।दर्शकहरुको राम्रो प्रतीक्रिया अनि धेरै जिज्ञासाहरुलाई मध्यनजर लगाउँदै दुई शोहरु थप गरिएको जानकारी दिदै नेप्ले ईभेन्ट्सका डाईरेक्टर सन्जय शाहले अहिले पनि अत्याधिक फोन र म्यासेजहरु आएको कारण दर्शकको गुनासोलाई मनन गर्दै थप दुई शो गर्न लागिएको जानकारी दिनु भयो।

आगामी २३ र २४ अक्टुबर स्थानिय नोभा सिनेमा हलमा साँझ ६:३० मा यो सिनेमा पुनः लाग्ने भएको छ।

सम्भवत: धेरै समय पछि नेपाली पन भएको नेपालीको कथामा आधारित चलचीत्र भएर हुन पर्छ यो चलचीत्रले अत्याधिक मात्रामा दर्शक श्रोताको मायाँ पाएको छ र यो मायाँ अहिले पनि निरन्तर पाई रहेको छ जसले गर्दा अहिले पनि कतिपय सिनेमाहलहरुमा हाउसफुलका साथ प्रदर्शन भईरहेको छ।यस चलचीत्र प्रतिको मायाँले पनि हुन सक्छ कतिपय दर्शक त दोहोर्याएर तेर्हाएर पनि हेरेको समाचार आएको छ।

निर्देशक दिपाश्री निरौलाको डेव्यु फिल्म ‘छक्का पन्जा’ ले अहिले सम्म मोटामोटी १२ करोड कमाई सकेको छ जुन नेपाली फिल्मले कमाएको सबैभन्दा बढी कमाई हो।यसले के देखाउँछ भने यदि चलचीत्र राम्रो र दर्शकको मन जित्न सफल भयो भने दर्शकले सहर्ष स्वीकार गर्ने छन्।यसको ज्वलन्त उदाहरण बन्यो छक्का पन्जा जसले हिन्दी र अङ्ग्रेजी चलचीत्रलाई समेत पछाडी पार्यो।

निर्देशक दिपाश्री निरौलाको डेव्यु चलचीत्र छक्का पन्जामा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, बुद्धी तमाङ, नम्रता सापकोटा, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349