eNepal

भोलीदेखि निर्वाध रूपमा सार्बजनिक यातायात सुचारु हुने

काठमाडौं -विगत तीन महिनादेखि बन्द भएको सार्वजनिक यातायात जिल्लाभित्र मात्र भोलिदेखि चल्ने भएको छ । सरकारको निर्णयअनुसार भोलि (सोमबार) देखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिदेखि यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगन बहादुर हमालले भोलि (सोमबार) बिहानबाट यातायात सञ्चालन गर्ने बताए । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए ।

कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए । अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।

अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349