चाडबाडलाई मध्यनजर लगाउँदै आजकाल स्वदेशमा मात्रै नभएर बिदेशमा पनि बिभीन्न साँस्कृतीक कार्यक्रमहरु हुने गरेको छ।बिशेषतह: अस्ट्रेलीयाका बिभीन्न शहरहरुमा आजकाल हप्तै पिच्छे जसो केही न केही कार्यक्रमहरु हुने गर्दछ।नेपालीहरुको बड्दो आगमनसँग सँगै जुनै पनि कार्यक्रममा दर्शक श्रोताको उल्लेख्य सहभागीता हुने गरेको देखिन्छ।
बिभीन्न कार्यक्रमहरुमा बिभीन्न स्वाद भएका दर्शकहरुले भर्पुर मनोरन्जन लिने गरेको पाईन्छ। अझ भनौ लोक सङ्गीतका कार्यक्रममा त झन दर्शकहरुको उपस्थिती बाक्लो हुने गरेको छ।
आफ्नो गाउँ वेशी, पाखा,पखेरु, भन्ज्याङ चौतारीको भाका भएकोले पनि होला सबै उमेर समुहका दर्शकहरुले पुर्ण मनोरन्जन लिने गरेको पाईन्छ।धित मरुन्जेल नाँचेको पाईन्छ।
यहि कुरालाई मध्यनजर लगाउँदै मेल्बोर्नमा रहेको हिमाली कल्चरल ग्रुपले आगामी १४ नोभेम्बरका दिन मेल्बोर्नको ईस्टोनियन हाउसमा दशैं तिहार शुभकामना साँझ आयोजना गर्ने भएको छ। नेपाली लोक सङ्गीतको आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बरिस्ठ लोक गायक तथा सङ्कलक रामजी खाँड अनि चर्चीत लोक गायीका रमिला न्यौपानेको बेजोड प्रस्तुती हुने भएको छ।साथमा स्थानिय कलाकारहरु बिराज थापा, तारा गैरे लगाएत अन्य कलाकारहरुको पनि प्रस्तुती हुने भएको छ।
बर्ष दिनमा आउने महान चाड दशै र तिहारलाई अझ हर्सोल्लासका साथ मनाउ अनि आफ्नो मौलीक लोक सङ्गीतमा केही क्षण भएपनि नाँचौ रमाऔं र परदेशको व्यस्त जिवनबाट केही क्षण भएपनि रमाईलो गरौं अनि शुभकामना आदन प्रदान गरौं भनेर यो साँझ आयोजना गरिएको आयोजक मध्यका एक एस.के गौतमले ईनेपाललाई बताउनु भयो। सबै नेपालीदाजु भाई, दिदी बहिनीहरुलाई चुले निम्तो दिदै यस कार्यक्रलाई सफल पार्दिनु हुन अनुरोध पनि गर्नु भएको छ।