साबिक विजेता तथा प्रमुख उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटी इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपकोसेमिफाइनलबाटै आउट भएको छ । प्रतियोगिताको साबिक विजेतासमेत रहेको सिटीलाई लिग प्रतिस्पर्धी आर्सनलले २–० गोलअन्तरको नमिठो हार चखाउँदै सेमिफाइनलबाटै आउट गराएको हो । यससँगै आर्सनल प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेकोछ ।
आइतबार बिहान भएको सेमिफाइनल खेलमा प्रिमियर लिगको १०औं स्थानमा रहेको आर्सनलले दोस्रो स्थानको सिटीमाथि आफ्नो घरेलुमैदानमा एकपक्षीय जित निकाल्दा पियरे इम्रिक अउबामेयाङ नायक बने । टोलीको जितमा २ वटै गोल उनैले गरे ।
आर्सनलका लागि पहिलो गोल खेलको १९औं मिनेटमा आउबामेयाङले निकोलास पेपेको पासमा गरेका थिए । उनको प्रहारले पोलमालाग्दै पोस्टको दिशा लिएको थियो । त्यसपछि अउबामेयाङले नै खेलको ७१औं मिनेटमा टाइर्नेको पासमा दोस्रो गोल गरेपछि खेलसिटीको हातबाट फुत्किएको थियो ।
आर्सनल एफए कपको फाईनलमा प्रबेश फाईनल भिड्नको लागि आज राति हुने दोस्रो सेमिफाईनलको बिजेत सॅंग भिड्ने ।आज राती चेल्सि र म्यान्चेस्टर यूनाईटेड बिरुद्द हुनेछ ।