eNepal

नेकपा सचिवालयको बैठक आज अपरान्ह ३ बजे बस्दै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज (शनिबार) सचिवालय बैठक बोलाएको हो ।
शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि आज सचिवालय बैठक बोलाउने सहमति भएको थियोे । सचिवालय बैठक दिउँसो ३ बजेका लागि बोलाइएको एक नेताले जानकारी दिए ।
गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा कायमै छन् ।
दुई अध्यक्षकै सहमतिमा शुक्रबार बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन । विवादकै कारण असार १८ गतेदेखि स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन । सहमतिका लागि भन्दै पटकरपटक बैठक स्थगित हुँदै आएको छ ।
विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349