काठमाडौं-बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै रहेका उनीहरुलाई अन्ततः मुम्बईको नानावती अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । झण्डै एक साताअघि नै संक्रमण पुष्टि भए पनि लक्षण देखिएकाले घरमै क्वारेन्टिनमा रहेका उनीहरूलाई लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरू गरिएको छ । ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अभिताभ बच्चन पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यसअघि देखिनै सोही नानावती अस्पतालमा उपचाररत छन् ।