काठमाडौं -राष्ट्र बैंकले बैंकको साँवा र व्याज भुक्तानी अबधि थपेको छ । अबस्था हेरेर असार मसान्तभित्र बुझाउनुपर्ने साँवा व्याज पुष मसान्तसम्म भुक्तानी गर्न सकिने भएको छ । आज मौद्रिक नीति सार्वजनिक भएको छ । कार्यक्रम मार्फत सार्वजनिक गर्ने गरीएको मौद्रिक निति विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको जोखिमको कारणले गर्दा वेबिनार मार्फत सार्वजनिक गरीएको हो । आजै बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको थियो । यस मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ । हाल कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, बैंकिङ क्षेत्र सबै प्रभावित भएकाले यसैलाई केन्द्रिीत गरी मौद्रिक निति ल्याइएको छ । यस मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहित गर्ने जनाएको छ यस्तै कृषि क्षेत्रलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।
मौद्रिक नितिले प्राथमिकता दिएको बिषयबस्तु-
✍️वाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा कम्तिमा १० प्रतिशत लगानी गर्नुपर्ने
✍️बाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत पुनरकर्जा उपलव्ध गराउनु पर्ने
✍️नीजि आवास कर्जालाई ६० प्रतिशत कर्जा उपलव्ध गराइने
सेयर धितो कर्जा ६५ प्रतिशतबाट ७० प्रतिशत बनाइएको छ ।
✍️बैंक वित्तबाट ३ प्रतिशतमा विशेष पुनरकर्जा तथा ५ प्रतिशतमा पुनरकर्जा कर्जा दिइने
✍️बजेटमा उल्लेख भएका अधिकाँस विषयहरु समावेश
सावाँ ब्याज भुक्तानीको म्याद थप गरी पुस मसान्त सम्म सारीयो ।