काठमाडौं – ३ दिन अवरुद्ध भई एक दिन मात्र सञ्चालनमा आएको पाल्पा–बुटवल सडक पुन पहिरोका कारण अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण पाल्पा–बुटवल सडक खण्डको गौडेपुलमा पुन पहिरो झरेपपछि सडक अवरुद्ध भएको हो ।
तानसेन नगरपालिका–८ गौडेपुल र तिनाउँ गाउँपालिकाको–५ मस्याम कालीमाटी क्षेत्रमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिएका छन् ।
पहिरो पन्छाउन डिभिजन सडक कार्यालयबाट डोजर पठाउनका लागि समन्वय भइरकेको पाल्पा प्रहरीले जनाएको छ । यसअघि पाल्पा–बुटवल सडक खण्डको दोभान क्षेत्रमा पहिरो खस्दा ३ दिनसम्म राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।