काठमाडौ । शुक्रबार सुनको मूल्य ५ सय रुपैयाले घटेको छ । आज सुन प्रतितोला ९२ हजार २ सयमा कोरोबार भैरहेको सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँमा कायम रहेको छ। अघिल्लो दिन चाँदी एक हजार ५ रुपैयाँमा कारोबार भएको थियो।