मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउनेछ।
वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विगतका कमीकमजोरीमा सुधार आउनेछ। प्रयत्न गरेको काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।
कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ।
सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।
कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।
तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।
धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ।
मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ।
कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।