भरतपुर महानगरपालिका १२ स्थित राधाकृष्णटोलका ५६ बर्षिय यदुनाथ न्यौपाने ६ दिनदेखि बेपत्ता हुनुभएको छ ।
गहुँ गोरो वर्णका न्यौपाने शनिवार विहान सात बजेदेखि बेपत्ता भएको परिवारले जानकारी दिएका छन् । उहाँ सात बजे घरबाट निस्कदा परिवारलाई केही नभनि निस्कनु भएको थियो ।
सिसिटिभिको फुटेज हेर्दा शनिवार नौ बजेको समयमा थुम्सिमा देखिएको भएपनि अहिलेसम्म सम्पर्कमा नआएको उहाँका आफन्तले जानकारी दिएका छन् ।
उहाँलाई देख्नुहुने व्यक्तिहरुले ९८५५०५४३०५, ९८४५०७७५४८मा सम्पर्क गर्न र प्रहरीमा जानकारी दिन उहाँका आफन्तले आग्रह गरेका छन् । यता जिल्ला प्रहरी कार्यलय चितवनले भने खोजीकार्य जारी रहेको जनाएको छ ।