काठमाडौं – बिहीबार कोरोनाभाइरसका एक सय ६७ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा एक सय ६७ जना संक्रमित थपिएका हुन्।
अब कोरोना संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुगेको छ।