काठमाडौं -काठमान्डौ लगायत विभिन्न स्थानमा यो श्रावन महिना अत्यन्तै रमाइलो हुने गर्छ । सबै ठाँउका पसलहरु रंगीन चुरा, पोते लगायतले भरिन्छन् । महिलाहरु चुरा, पोते मेहेन्दी लगाएर आकर्षक भएर हिड्ने गर्छन् । साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ।
आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष मान्छन्। नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छयो महिनाभरि नै बिशेष गरी महिलाहरुले प्रत्येक सोमबार भगवान शिवको ब्रत बस्ने चलन छ किवंदन्ती अनुसार श्रीमानको आयु लम्बिने बिश्वासका साथ उनीहरु ब्रत बस्दछन् ।
रातो, हरियो र पहेलो तीन रंङमा चुरा पोतेहरु पाइन्छन् यी तीन रङहरुलाई श्रावनको रङ भनेर पनि भन्ने गरिन्छ । फरक फरक रङका मेहेन्दीले मानिसहरुको सृजनालाई पनि प्रर्वद्धन गर्न मद्धत गरिरहेको हुन्छ ।
विवाहित महिलाहरुको परिवारको सुख तथा सम्बृद्धीका लागि हत्केलालाई मेहेन्दी लगाएर सुन्दर बनाउछन् र भगवानको प्राथना गर्छन् । अविवाहित महिलाले पनि आफ्नो खुशीका साथसाथै जीवन पनि मेहेन्दीको रङ जस्तै रङ्गीन तथा गहिरो होस् भन्दै प्राथना गर्ने गर्दछन् ।