खेल सुरु भएको १२ मिनेट भित्रमा ०–२ को सहज अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा युभेन्टस सिरी ए लिग फुटबलमानिराशाजनक बराबरीमा रोकिएको छ । लिगको ३३औं साताको खेलमा युभेन्टस आठौं स्थानको सासुओलोसँग उसैको घरेलु मैदानमा ३–३ को बराबरीमा रोकिएको हो । यो बराबरीपछि युभेन्टसले शीर्ष स्थानमा अग्रता बढाउने मौका गुमाएको छ ।
अब युभेन्टसको खातामा ३३ खेलपछि ७७ अंक भएको छ । ऊ अझै पनि दोस्रो स्थानको एटलान्टाभन्दा स्पष्ट ७ अंकले अघि नै छ ।यता, सासुओलो ४७ अंकसहित आठौं स्थानमा यथावत छ ।
सिरि ए मा अझै ५ खेल बाॅंकि छन्।युभेन्टस एटलान्टा भन्दा ७ अंकले बढि छ ।