eNepal

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्न माग:नेपाली काग्रेस

काठमाडौँ  – नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस कोभिड नाइन्टिन अनुगमन समितिले आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको पाइएको भन्दै छानविनको माग गरेको हो । कांग्रेसले संक्रमण फैलिने दर बढेको भन्दै मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण गर्नसमेत माग गरेको छ । पीसीआर परीक्षणको दायरा तत्काल बढाउन र परीक्षण किटको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ ।

नेता प्रकाशशरण महतले सरकार जिम्मेवार नभएकाले कोभिड नाइन्टिन व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले मात्रै लिनुपरेको टिप्पणी गर्नुभयो । विदेशबाट फकिर्एका र देशभित्रै बेरोजगार भएकाहरुलाई गाउँगाउँमा रोजगारी सुनिश्चित गर्न र न्यूनतम आम्दानीका लागि काम दिने व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । उसले कोरोना संक्रमणका कारण थलिएका उद्योग व्यवसायलाई बैंकमार्फत ब्याजमा राहत, सावाँ ब्याजको भुक्तानीमा थप समयको व्यवस्था लगायतका उपाय अवलम्बन गर्न समेत माग गरेको छ ।

Related posts

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Comprehending High Blood Pressure: Reasons, Symptoms, and Avoidance

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349