आज सिरि ए अन्तर्गत लिडर युभेन्टस र सासुओलो बिच खेल हुनेछ ।उपाधितर्फ अघि बढेको लिग लिडर युभेन्टस आज लिगको ३३औं साताको खेल खेल्न आठौं स्थानको सासुओलोको घरेलु मैदानमाउत्रिँदैछ । यो खेल नेपाली समयअनुसार राति १:३० बजेबाट सुरु हुनेछ । हाल लिगमा युभेन्टस ३२ खेलपछि ७६ अंक जोडेर शीर्षस्थानमा छ । सासुओलो ४५ अंकसहित आठौं स्थानमा छ ।युभेन्टस लिगको पहिलो स्थानमा छ भने दोस्रोमा एटलान्टा र तेस्रो स्थानमा ईन्टर मिलन रहेको छ।