eNepal

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्यालमा वृद्धि

काठमाडौं-दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटक पटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १।५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वोन पुग्ने छ । अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला रु ८७० पुग्नेछ । महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब रु १८ लाख २२ हजार ४८० वन लगभग रु एक लाख ८० हजार पुग्नेछ ।

सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349