eNepal

भगवान राम नेपाली र अयोध्या नेपालमा भएको प्रधानमन्त्री ओलीको दाबीको भाजपाद्वारा खण्डन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्तिप्रति भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले निन्दा गरेको छ ।

भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताए ।

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको भनेर दिएको अभिव्यक्तिप्रति भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले निन्दा गरेको छ ।

सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा  प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको दाबी गरेका थिए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको उनको भनाई थियो ।

‘हामी अहिले पनि ठानिरहेका छौँ सीता भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन, अयोध्याकालाई दिएका हौँ हामीले। अयोध्या भनेको वीरगञ्ज भन्दा अलि पश्चिमपट्टीको गाउँ हो। भारतले अहिले खडा गरेको अयोध्या होइन,’ ओलीले भनेका थिए ।

बिबिसीका अनुसार प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई भाजपाले ‘राजनीतिक विवाद उक्साउने र भारतलाई चोट पुर्याउने आश्चर्यजनक कदम’ भन्दै निन्दा गरेको छ ।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका छन् । ‘भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्यससँग खेल्न कसैलाई दिने छैनन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही’ शास्त्रीले भनेका छन् ।

भारतीय समाचार संस्था आइएएनएसले ओलीको भनाइलाई ‘स्तब्ध पार्ने बयान’ भनेर टिप्पणी गरेको छ । नेपाल भारत सम्बन्धमा उतारचढाव देखिएका बेला आएको ओलीको अभिव्यक्तिलाई देशभित्रकै मानिसहरूले विश्वास नगरेको समाचारमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका थिए । त्यो समयमा कुनै सञ्चार सुविधा बिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349