eNepal

दशै मनाउँ न्याभ र सोलाङ्चरसँग, मासु भात खाँदै चङ्गा उडाऔं

हिन्दुहरुको महान चाड वडा दशै अब हामी सबैको घरदैलोमा आईसकेको छ। नयाँ लुगा लगाउने अनि आफु भन्दा ठुलाको हातबाट टिका र आशिर्बाद थापी मनाउने परम्परा सदियौं देखी चलि आएको छ।लिङ्गे पिङमा मच्चिदै चङ्गा उडाउँदै अनि लङ्गुर वुर्जा खेल्दै मनाउने यो बढो रमाईलो पर्वको रुपमा लिने गरिन्छ।एउटा भनाईनै छ नि बर्ष दिन भरि मासु नखाएकाहरूको चुलोमा समेत दशैंमा मासु पाख्छ रे।यसको अर्थ हरेकले दशैंको बेला आफ्नो गच्क्ष अनुसार आफ्नो तरिकाले रमाईलो गर्ने चलन चलि आएको छ।

आजकाल स्वदेशमा मात्र नभएर बिदेश तिरपनि दशैँ बढो हर्षोलासका साथ मनाईने गरिएको छ। बड्दो नेपालीहरुको आगमनले पनि हुनसक्छ आजकाल हरेक चाडहरु बिदेशमा पनि उत्तिकै रमाईलोका साथ मनाईने गरेको पाईएको छ।

यसपालीको दशैलाई केही बिशेष रुपमा मनाउने अभिप्रायले मेल्बोर्नमा न्याभ र सोलाङ्चरको सँयुक्त प्रयासमा यहि १६ अक्टुबर आईतबारका दिन नेपाल चङ्गा महत्सोव हुने भएको छ।स्थानीय अल नेसनल पार्क, नर्थकोटमा हुने बिशेष कार्यक्रममा चङ्गा चैट कार्यक्रमको अलावा टिका ग्रहण, खानाका स्टलहरु, मासु र भात खाने कार्यक्रम, रमाईला खेलहरु अनि साना साना भाईबहिनीहरुको लागि बिभीन्न कृयाकलापहरु राखिने भएको छ।

बर्ष दिनमा आउने महान चाड वडा दशैं आफ्नो परिवारसँग टाडा भएर परदेशको व्यस्त रहेको जिन्दगीलाई केही भएपनि नेपाल अनि आफ्नो परिवारको झल्को दियोस भन्ने हेतुले यो कार्यक्रम आयोजना गर्न लागिएको हो। बिभीन्न कारणले मात्रृभुमी जान नमिलेकाहरुले यसदिन आएर टीका ग्रहण गर्दै मासु भात खाँदै चङ्गा उडाएर केही भएपनि आफुलाई भुलाउन् भन्नाको खातीर यो कार्यक्रम गर्न लागिएको हो। परदेशको ठाउँमा, सबै हामी एउटै परिवार,मायाँ साटे सबै आफन्त, एउटाको दुखमा सबैले सहयोग र सहायता गर्नु पर्छ, एउटाको पिडामा अर्कोले बुझेर साहानुभुती दिनु पर्छ, त्यही भएर कोही कसैलाई पनि एक्लोपन महसुस नहोस अनि सबै एकठाउँमा भेला भएर यो महान चाडलाई रमाईलोसँग मनाउँ भन्नेनै यस कार्यक्रमको मुल उद्देश्य रहेको छ ।

image

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal