eNepal

आजको मौसम पुर्वानुमान यस्तो छ

काठमाडौं -जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ ।

यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ । सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349