eNepal

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा नेविसंघद्दारा बिरोध प्रदर्शन

काठमाडौं -सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् ।

बबरमहलको सडकमा झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए ।

उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गर्दै सडकमा आएको बताएका छन् । प्रदर्शनमा नेविसंघका अध्यक्ष लगायत सहभागी थिए ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले बढाएको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ कायम भएकाे छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349