जापान
कोरोनाका कारण लकडाउनमा परि जापानमै रहेका, तत्काल नेपाल फर्किनुपर्ने प्राथमिकता सुचीमा परेका २६३ जनानेपालीहरु आज स्वदेश फर्किएका छन् ।
विभिन्न प्रयोजनका लागि जापानमा रहेका र समयमा नेपाल फर्किन नपाई समस्या झेलिरहेका नेपालीहरुलाई , नेपाली राजदूतावासकोकुटनैतिक पहल तथा गैरआवासीय नेपाली संघ जापानको संयोजनमा यसरी नेपाल पठाईएको हो । जापानबाट यस अघिनैप्राथमिकताको पहिलो र दोस्रो सुचीमा परेकाहरु फर्किसकेका छन् । जापानबाट भएको यो तेस्रो चार्टड फ्लाईट हो ।
विमानस्थलमै पुगी यात्रु व्यव्सथापन तथा आवश्यक संयोजनमा खटेका गैरआवासीय नेपाली संघ जापानका प्रवक्ता,शिदार्थ श्रेष्ठकाअनुसार, आज फर्किनेहरुमा अधिकांस बिरामीहरु रहेका छन् । त्यसका अलवा भिसा सकिएका तथा अन्य विभिन्न स्टाटसमा रहेकाव्यक्तिहरु छन् ।
नेपालबाट २९ जना जापान फर्किए:-
आज फर्किएको जहाजमा हिजो नेपालबाट २९ जना यात्रुहरु जापान फर्किएका छन् । यसरी फर्किनेहरुमा एईजु तथा तेईजु भिसामारहेकाहरु तथा जापानी नागरिकहरु रहेका छन् । तत्काल जापान आउनै पर्ने ५ सय भन्दा बढि नेपालीहरु नेपालमै रोकिएका भएपनि, नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालस्थित जापानी दुतावासले अनुमति नदिदा आउन पाएका छैनन् ।