eNepal

यो साता कोरोना संक्रमणको कारण बिदेशमा बस्ने नेपाली नागरिकको मृत्यु भएको छैन :गैह्रआवासीय संघ नेपाल

अहिले कोरोना भाइरसले बिश्वनै आक्रान्त बनाएको छ । दैनिक धेरै भन्दा धेरै संक्रमित बढेको रिपोर्ट बिश्व स्वास्थ संगठनले प्रकाशन गरेको छ तर विश्वव्यापी महामारी कोरोनाका कारण विदेशमा गएको साता कुनै पनि नेपालीको मृत्यु भएको छैन ।

नेपालमा पनि दैनिक घट्दो दरमा संक्रमित संख्याको रिपोर्ट आएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिदेशमा रहेका नेपालीहरु पनि हाल आएर संक्रमित नभएको र मृत्यु नभएको गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा घट्दै गएको बताएको छ । संघका अनुसार कुल कोराना संक्रमित मध्य ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमित संख्या निको भएर फर्कने दर बढेको ,हिजो शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ । नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जना संक्रमित छन् ।

ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । यसअघि गतसाता सम्म १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको थियो ।

नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ ।

अबका दिनमा बिश्वनै लकडाउन खुलेको अबस्था हुँदा व्यावसायिक चहलपहल वृद्धि भएको हुँदा सुरक्षाको उपाय अपनाइ काम काजमा लाग्न संघका प्रतिनिधिहरुले बताउनु भएको छ ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349