काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी बैठकमा प्राकृतिक विपत्तिमा कसरी काम गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रधानमन्त्री ओलीले विपद् व्यवस्थापनमा छलफल गर्न बोलाएका हुन् ।
बैठकले उद्दार, राहत र सतर्कताका विषयमा ठोस योजना बनाउने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । यो वर्षको मनसुनसँगै आएको बाढी, पहिलो र डुबानबाट आजसम्म २७ जनाको ज्यान गइसकेको छ ।