eNepal

हाँस्दै अनि नाँच्दै दशैं साँझ २०१६ सम्पन्न

image

हिन्दुहरुको महान पर्व बडा दशैंको शुअवसर पारेर मेल्बोर्नमा अवस्थित नमस्ते ईभेन्ट्सको आयोजनामा दशैं साँझ २०१६ एक बिशेष कार्यक्रमहरुको बिचमा हिजो सम्पन्न भएको छ। स्थानीय ईस्टोनियन हाउसमा दर्शकहरुले खचाखच भरिएको हलमा नेपाली हाँस्य व्यङ्ग्य सम्राट मनोज गजुरेलको रमाईलो प्रहसन अनि गायीका ईन्दीरा जोशीको लोकप्रीय गीतहरुबाट करिब ४ घण्टा दर्शकहरुले भर्पुर मनोरन्जन लिएका थिए।

image

मनोज गजुरेलको सदाझैं राजनैतिक अनि सामाजिक घोचपेच र तिखा व्यङ्ग्य अनि बिभीन्न राजनितीज्ञहरुको नक्कललाई दर्शकहरुले तालीका साथमा पुर्ण सम्रथन जनाएका थिए।

image

त्यस्तै गरेर गायीका ईन्दीरा जोशीका आफ्ना केही मेलोडीयस् गीतहरु सुरुवातमा पस्केकि थिन्। उनलाई बसेरनै दर्शकहरुले साथ दिएका थिए।।दोस्रो सँस्करणमा उनले आफ्ना केही हिट गीतहरु गाएर हलको महोल एकाएक तताएकी थिईन्। चौवन्दी चोलो अनि रातो घाँघरा, उद्रेको चोली अनि ठुली गीतहरु प्रस्तुत गरेकी थिईन्। उद्रेको चोली छ है दर्शकहरुको आग्रहमा दुई चोटी नगाई सुखै पाईनन्।गाउनमा उनी पोख्त त छँदै छिन् यसको अलावा उनको स्टेज पर्फर्मेन्स झन् हेर्न लाएकको हुन्छ।उनी नृत्यमा पनि पाङ्गत भएकोले पनि हुन सक्छ उनमा दर्शकलाई नचाउँने खुबी छ भन्दा गलत नहोला।पहिलो नेपाली ताराबाटनै राम्रो छाप छोड्न सफल गायीका ईन्दिरा जोशीको यो मेल्बोर्नमा लागि चौथो कार्यक्रम रहेको जनाएकी थिईन्।

image

 

कार्यक्रममा स्थानिय कलाकारहरुको पनि सहभागिता रहेको थियो भने डिजे मिस्टाले कार्यक्रम पछि केही समय दर्शकहरुलाई आफ्नो म्युजीकको जादुबाट मनोरन्जन प्रदान गरेका थिए।

image

भिक्टोरीयाका अबैतानीक महाबाणिज्य दुत चन्द्र योन्जन लगाएत मेल्बोर्नमा रहेका बिभीन्न सँघ सँस्था अनि समाज र व्यापार व्याबसायमा सम्लग्न लव्ध प्रतिस्ठीत व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो। महाबाणिज्य दुत चन्द्र योन्जनको सामिप्यमा आयोजक नमस्ते ईभेन्ट्सले कार्यक्रमलाई सहयोग र समर्थन गर्नुहने सबै प्रायोजक अनि मिडीया साथीहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो।

नम्स्ते ईभेन्ट्सले आयोजना गरेको पहिलो कार्यक्रम सफल भएकोमा यसलाई सफल बनाई दिनु हुने सबै सँघ सँस्था, मिडीया अनि मेल्बोर्नवासी दर्शकहरुलाई धेरै धेरै धन्यबाद दिदै आयोजक नमस्ते ईभेन्ट्सका तर्फबाट बिनोद मिश्रले यसरीनै आउने दिनहरुमा सोही रुपको मायाँको अपेक्षा रहेको ईनेपाललाई बताउनु भयो।

image

image

image

image

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349