eNepal

सरकारले सवारीसाधन चलाउन दिने निर्णय गर्दा पनि ,ब्यबसायीले नचलाउने निर्णय

काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधन चलाउने निर्णय गरेपछि व्यवसायीले भने नचलाउने निर्णय गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । व्यवसायीहरुले हालसम्म सरकारसमक्ष विभिन्न सर्तहरु राखेर सवारीसाधन संचालन गर्ने बताउँदै आएका थिए । तर बिहीबार सरकारले व्यवसायीका कुनै सुझाव तथा सर्तहरुमा ध्यान नदिईकनै सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेपछि व्यवसायीले आकस्मिक बैठक बोलाएका थिए । उक्त आकस्मिक बैठकमा सरकारले सार्वजनिक यातायात चलाउने वातावरण नबनाईकनै सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेपछि व्यवसायीले पनि उक्त निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

महासंघले बैंकको किस्ता र ब्याज तिर्नै धौधौ भईरहेको र पछिल्लो ३ महिनादेखि गाडीहरु ग्यारेजमै थन्किएका कारण संचालन गर्न नसकिने बताउँदै आएका छन् । महासंघले सावजनिक सवारी संचालन गर्नका लागि बैंकको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुर्नकर्जाको व्यवस्था लगायतको माग सम्बोधनलगायतका सर्त राखेका छन् । यस्तै महासंघले चालक र सहचालकको ग्यारेन्टीसमेत गर्न सरकारसमक्ष माग राखेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349