काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीबारे भारतीय सञ्चार माध्यमले गरेको अनर्गल प्रचारलाई बकवास भएको बताएका छन्।
‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर’ श्रेष्ठले ट्वीट गरेका छन् ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं। विदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिने छैनौ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’