eNepal

दशैं साँझ कार्यक्रमको तयारी लगभग पुरा, हसाँउने अनि नचाउने मनोज गजुरेल र ईन्दिरा जोशीको उद्घोस

image

नमस्ते ईभेन्ट्सको आयोजनामा हुन लागेको दशैं साँझ २०१६को तयारी लगभग पुरा भएको भएको छ।भोली आयोजना हुन लागेको दशैं साँझको लागि कलाकार द्वय हाँस्य सम्राट मनोज गजुरेल अनि गायीका ईन्दीरा जोशीको मेल्बोर्नमा आगमन भइसकेको छ।

भोली मेल्बोर्नको ईस्टोनीयन हाउसमा साँझ ६:०० बजेबाट कार्यक्रम हुने तय भएको छ।यसको प्रवेश शुल्क अग्रिम लिनेहरुको लागि $२० राखिएको छ भने डोर प्राईस $२५ राखिएको छ।

image

हाँस्य व्यङ्ग्य क्षेत्रमा अत्याधिक चर्चीत बरिस्ठ हाँस्य सम्राट मनोज गजुरेलको प्रहसनहरु बिशेष गरेर नेपालीहरु माँझ लोकप्रीय रहेका छन्।युट्युबमा हेरिरहेका मेल्बोर्नका दर्शकहरुले भोली उहाँलाई प्रत्यक्ष रुपमा हेर्न आतुर देखिन्छन्।उनका हरेक प्रहसनमा सामाजिक एवम् राजनीतिक व्यङ्ग्य घुसेका हुन्छन्।

image

 

पहिलो नेपाली ताराबाटनै नेपालीहरुको मनमा बस्न सफल गायीका ईन्दीरा जोशीका धेरै गीतहरु नेपाली साँङ्गीतिक आकाशमा लोकप्रीय रहेका छन्। रातो घाँघरा, उद्रेको चोली, बेहुली लगायतका गीतहरु दर्शकहरुले अत्याधिक रुचाईएका गीतहरुमा पर्छन्। उनको अभिनयका कारण बिशेष गरेर उनका म्युजीक भिडीयोहरु बढि रुचाईका हुन्छन् भने उनका फ्यान फलोअर पनि त्यत्तिकै मात्रामा छन्।उनी बेली डान्समा नि पारङ्गत भएकोले उनलाई नेपाली साकिराको उपनामले पनि चिनीने गरीएको छ।उनको स्टेज पर्फर्मेन्स त झन् बेजोड हुने गरेको छ।

समग्रमा दशैंको आगमन, फेस्टीभ माहौल अनि फरक बिधाका प्रतिस्ठीत कलाकार पक्कै पनि एक बिशेष कार्यक्रम हुनेमा कुनै द्वबिधानै छैन।एक भर्पुर मनोरन्जनात्मक मसालेदार कार्यक्रममा मनोज गजुरेलको गजुरीएल व्यङ्ग्य अनि ईन्दीरा जोशीको बेजोड प्रस्तुतीले दर्शकहरुलाई भर्पुर मनोरन्जन दिने नै छ त्यस माथि दशैंको माहोल अनि आफ्ना साथी सङ्गी माँझ दशैंको शुभकामना साटासाट गर्ने सुनौलो अवसर पनि रहने छ।

image

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349