काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्र जारी विवाद समाधानको लागि प्रयास भइरहेको छ ।
यसअघि हिजो भएको दुई अध्यक्षको भेटमा छलफल जारी राख्ने र स्थायी समिति बैठक सुरू गर्ने भनिएको थियो । तर अझै सहमति हुन नसकेको भन्दै आज बस्ने भनिएको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलबार दिउँसो भएको झण्डै तीन घण्टा लामो बार्ताले आज स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्ष बस्ने तय भएको थियो । तर, ११ बजे बोलाइएको स्थायी कमिटी बैठक २६ असारका लागि स्थगित भएको छ ।