eNepal

जुलाई महिनाको लागि ज्योतिष राजु भेटवालले तयार पार्नु भएको राशिफल

मेष :अत्यधिक शरीरमा ऊर्जा देखिने छ।आत्मविश्वास उच्च रहनेछ। तर,कार्यस्थलमा   भने केहि समस्याहरू हुन सक्छन् सजग हुनुहोला।धर्म प्रती मन जनेछ कुनै पनि धर्मिक गतिबिधी मा गरेक कार्यमा सफलता दिने छ र भगवान प्रती को विश्वास बलियो हुनेछ। सामाजिक प्रतिष्ठा बढ्ने छ।काममा केहि परिवर्तन गर्ने बारे सोच्न सक्नुहुन्छ। बच्चाहरूको शिक्षाको बारेमा महत्त्वपूर्ण निर्णय लिन सक्नुहुन्छ। लामो यात्रा नगर्नुहोस्। आराम र विलासिता पनि मन जानेछ र जीवनमा भोगबिलास  बढ्नेछ। वैचारिक भिन्नताका कारण बुबासँग केहि तर्कहरू हुनसक्छन्। महिनाको सुरूमा, तपाईं अफिसमा स्थान परिवर्तन हुन सक्नुहुन्छ। अनावश्यक तर्कहरूमा तपाईंको समय बर्बाद नगर्नुहोस्।विवाहित जीवनमा केही गडबडीहरूको सम्भावना देखिएको ले सम्यमित भएर निर्णय लिनु तपाईं को लागि उचित हुनेछ।बिदेश मा आस्थाइ बसाइ को लागि योग देखिन्छ।१२ औं घरमा मंगल ग्रहलाई केन्द्रित गर्दै शनिलाई पुनःप्रवाह गर्दा हृदयका बिरामीहरूलाई केही समस्या हुन सक्छ। उच्च-पद अधिकारीहरू संग तपाईंको सम्बन्ध बलियो हुनेछ। तपाइँका साथीहरू तपाइँलाई समयमा मद्दत गर्न उपलब्ध नहुन सक्छन्। प्रेम पार्टनरहरूले उनीहरूको भविष्यका लागि योजना बनाउन सक्छन्। आफ्नो आमा को स्वास्थ्य को बारे मा चिन्तित हुनुहुनेछ। प्रतिस्पर्धी परीक्षामा सफल हुन सक्छ। यस महिना सम्पत्ति सम्बन्धी मामिलामा हतार गर्नु राम्रो हुँदैन।सन्तान प्रप्ती को योग लाई नि नकर्न सकिदैन।

 

वृषभ: नयाँ आम्दानीका अवसरहरू प्रसस्त देखिने छ।जीवनमा शान्ति र समृद्धि हुनेछ।आफ्नो धेरै वोल्ने वानी ले गर्दा उच्च पदहरूमा मानिससँग झगडा हुन सक्छ। गुरु तथा मन्यजन को आशिर्वाद तथा सुझाव लिनु तपाईं को लागि राम्रो देखिन्छ।आफ्नो व्यवहारमा नम्र हुनुहोला अन्यथा केही समस्या उत्पन्न हुने देखिन्छ हुनुहुनेछ।ब्यक्तिगत रुपमा वोल्न सक्ने छेमता बिकास हुनेछ र आरु लाई लि  पनि पार्न सकिन्छ।विरोधी हरु  धेरै नै सकृया रहना ले सबधानी रहनु होला तर परिवार तथा साथीहरुसँग राम्रो सहयोग रहना बिरोध गर्ने हरु पछी पर्ने छन।सरकार सम्बन्धित कुनै पनि कार्य सफलतापूर्वक कार्यान्वयन हुनेछ।प्रेम सम्बन्ध मा सफलता मिल्ने देखिन्छ साथै वैवाहिक जीवन मा पनि तपाईं लाई सफलता मिल्ने छ।मधुमेह का  बिरामीहरूले सन्तुलित जीवनशैली र स्वस्थ आहार प्रणाली अनुसरण गर्नु होला स्वास्थ्य मा असर गर्ने देखिन्छ।महिना को मध्य तिर आत्मबिश्वास कमी रहने भएका ले मन लाई काबु गर्नु होला।अन्त्य तिर व्यवसय गर्ने साथी हरु लाई केही शुभ समाचार प्राप्त हुने भएका ले मन प्रसन्न हुने छ।भविस्य मा काम लाग्नने पूर्ण योजना वनाउदै काम गर्दा धिर्गकलिन फाईदा हुने ।केही  चलिरहेका परियोजनाहरूमा अवरोधहरूले निम्तिन सक्ने रहेका ले सचेत हुनुहोला। तर पनि पारिवारिक वातावरण राम्रो हुनेछ। समसप्तक योग वा बुध र बृहस्पतिको आपसी पक्षले तपाईंलाई एक सफल सल्लाहकारको रूपमा स्थापित गर्न मद्दत गर्दछ।

मिथुन: व्यबसाहिक क्षेत्र मा उन्नती हुने देखिन्छ।खेल क्षेत्र मा तपाईं को लग्गिउ राम्रो देखिन्छ। कृषि क्षेत्र मा यो समय म राम्रो मुनफा नहुने योग परेका ले समय अनुसार चल्नु होला। सरकारी कामदारहरूले महिनाको मध्यमा केही अपमानको सामना गर्नुपर्ने हुन सक्छ। यात्रा तथा मनोरन्जन गर्ने समय रहेको छ बिदेश यात्रा को पनि सम्भावना उतिकै देखिन्छ। काम काज मा उन्नती तथा प्रगती हुनेछ। सामान्यतया, स्वास्थ्य राम्रो हुन्छ। यद्यपि तपाईको दिमाग बिभिन्न आशंकामा भने कयाम रहने छ।  शनि ग्रहको पुन उपस्थिथी ले घुँडासँग सम्बन्धित सामान्य  समस्या निम्त्याउन सक्छ। सावधानीपूर्वक ड्राइभ गर्नुहोस्।  महिनाको अन्त्यको समयमा केहि आकर्षक  हुन सक्ने छ । पारिवारिक सम्बन्ध राम्रो हुनेछ महिना को अन्तिम तिर सवै समस्या हल हुने भएका ले मन प्रसन्न हुने देखिन्छ।

कर्कट :क्यारियर को ममिलामा ठुलो निर्णय गर्नु  पर्ने देखिन्छ जुन तपाईं को  हित मा रहेकले ले मन प्रसन हुनेछ जुलाई १२ देखी तपाईं मा केही अफजसिलो काम हात पर्ने भएका ले सचेत रही काम गर्नु होल र आत्माबिश्वासमा पनि कमी रहनेछ। तथापि आयमा  महिनाको उत्तरार्धमा ठूलो सुधार हुनेछ। तपाईं आफ्नो नजिकका साथीहरू सँग रमाइलो भेटघाट तथा मनोरन्जन मा समय जान्छ र लामो यात्रा को सम्भावना पनि देखिने भएका ले मन प्रसन्न हुने छ र आत्मिय पुरानो साथी सँग पनि भेट घाट को अबसर मिल्ने देखिन्छ र प्रेम सम्बन्ध म कुनै पनि समस्या देखिन्न साथै पारिवारिक वातावरण उत्कृष्ट हुनेछ। तपाईं यस महिना लामो समय देखी रहेको पैसा फिर्ता लिन सक्नुहुन्छ। निर्यात-आयात व्यवसायहरूले केही नोक्सान भोग्न सक्छन्। तपाइँको मातहत पूर्ण सहयोगी हुनेछ।आफ्नो प्रियजनहरूलाई केहि उपहार खरीद गर्न सक्नुहुन्छ। तपाईको वैवाहिक जीवन तथा सन्तान लाई समय दिनु जरुरी देखिन्छ अन्यथा केही समस्या भोग्नु पर्ने हुन सक्छ। आफ्ना बच्चाहरूको अध्ययन को बारे मा केहि चिन्ताहरु हुन सक्छ।आँखा सम्बन्धित समस्या बढ्न सक्छ। आफ्नो बुबाको सल्लाह पालन गर्नु राम्रो हुन्छ। कानूनी मामिला जटिल हुन सक्छ। कृषि क्षेत्रमा  लाभान्वित हुने समय छ। केहि महत्त्वपूर्ण मामिलाहरूको समय मा सकिन नसक्ने भएका ले समस्या आउन सक्ने छ।महिना अन्त्य तिर शिक्षामा केही कठिनाइहरूको सामना गर्न सक्नुहुन्छ। महिना शेयर बजारसँग सम्बन्धित व्यक्तिहरूको लागि लाभदायक हुनेछ। तपाईंको आफ्नै घर किन्नको इच्छा यस महिना पूरा हुन सक्छ।

सिह: सुरवात देखी नै मन प्रसन्न हुने देखिन्छ परिवार को सहयोग तथा भाई वहिनी को प्रगती ले खुशी बनाउने छ।साथी भाई हरु सँग को सम्बन्ध पनि मजबुत हुने छ। कार्य स्थलमा हुने कुनै पनि समस्या को हल हुने देखिन्छ।उत्कृष्ट ब्यक्ती हरु को संगत ले भविस्य को कार्य योजन बनाउन मदत गर्ने देखिन्छ महत्वपूर्ण कार्य मा तपाईं को उपस्ठि हुने भएका ले आफु लाई चर्चित बनाउन मदत गर्ने देखिन्छ तर राजनीति र सामाजिक कृयाकलाप को लागि भने अली मन नजाने र केही कस्ट देखिन्छ होसियार हुनु होला।घर तथा गाडी किन्ने सतै केही जिन्सी समान किन्ने योजना सफल हुनेछ। गुरु र केतु को पञ्चम स्थिथी रहने भएकाले विद्यर्थी वर्ग को लागि समय उत्तम देखिदैन विद्यया आर्जन मा कमजोर वनाउने योग देखिन्छ।अविभावक लाई  वाल वालिका ले  दु:ख पनि दिने समय रहेको छ।कुनै पनि अदालत सम्बन्धित कार्य मा सफल हुन सकिने छैन महिन को मध्य तिर साथी भाई सँग को सम्बन्ध मा केही मन मुटाव को समान गर्नु पर्ला। शुक्र पराक्रमश रहने भएकाले कलाकारीता मा लागेका ब्यक्ती लाई फाईदा हुने छ।कस्मेटिक ब्यापार मा उन्नती हुने छ। केन्द्र मा रहेको चन्द्र मा ले प्रेम सम्बन्ध केही फरक अनुभुती गराउनेछ आमा सँग गरिएका कुनै पनि कार्य सफलता दिनेछ।तर महिना को अन्त्य तिर वैवाहिक जीवन मा ध्यान दिन नसक्दा वैवाहिक जीवन मा केही असहज स्थिथी को समाना गर्नु पर्ने स्थिथी हुनेछ सजग हुनु होला र आगो र पानी सम्बन्धी कुनै पनि कार्य गर्दा होसियार रहनु होला। मुटु र रगत सम्बन्धी बिमार ब्यक्ती हरु को लागि भने समय अली खरव देखिएकाले सचेत रहुनु नै उचित हुनेछ।

कन्या: प्ररक्रमेश बुध राहु र सुर्य को युती ले गर्दा यो महिना काम गर्ने ब्यक्ती हरु को लागि समय उत्तम देखिदैन कार्य स्थल मा केही असज स्थिथी को  साथै केही सम्बन्ध मा उतार-चढावहरू हुन्छन्।रोजगारी गुमाएक ब्यक्तीहरु को  लागि यो महिना  पुन काम म फर्किने अवस्था अली काम देखिन्छ। बिदेश को थाइ वसोवास का लागि गरिएक कार्य हरु सफल हुनेछन।भाग्य भाव को स्वो ग्रही शुक्र ले भाग्य लाई मजबुज गर्ने छ प्रयास जरी राख्नु होला  जे होस् भाग्य तपाईं को साथमा हुनेछ, तैपनि तपाईंले कडा परिश्रम गर्नु पर्छ।राजनीतिसँग सम्बन्धित व्यक्तिहरूले उल्लेखनीय सफलता पाउनेछन्।आफ्नो आमाको स्वास्थ्यको हेरचाह गर्नुपर्ने हुन सक्छ।सप्तमेश मंगल् ले केही  जीवन साथीको व्यवहारले तपाईंलाई निराश तुल्याउन सक्छ।वैवाहिक जीवनमा आपसी विश्वास कम हुन नदिनुहोस् प्रेम सम्बन्ध वा जीवन उथलपुथल हुन्छ।आवश्यक चीजहरूमा पैसा खर्च गर्न सक्नुहुन्छ।तर पनि व्यापर गर्ने हरु को लागि केही हद मा आय राम्रो हुनेछ।परिवार को सहयोग मिल्नेछ।सरकारी कर्मचारीहरूका लागि पदोन्नतीहरू प्रयास गर्नु होला शनी को पञ्चमेश ले उच्च प्राविधिक सीप प्राप्त गर्न सहयोग गर्ने छ।अरु टेक्निकल क्षेत्र का ब्यक्ती हरु ले सफलता प्राप्त गर्न सक्नु हुनेछ।सुख भाव मा गुरु र केतु को युती ले पैतृक सम्पत्ती प्राप्त गर्ने समय रहेकाले ले दाजु भाई सँग मन्मुटाव नरखी प्राप्त गर्नु होला। महिना को अन्त्य तिर बुवा को स्वास्थ्य मा गडवडी हुने भएक ले सजग रहनु होला।स्थान परिवर्तन को योग देखिदैन र वहान सुख काम रहेकले होसियार रहनु पर्ने छ।र धार्मिक र परोपकारी कार्यहरूमा झुकाव रख्दा मन खुशी रहने छ।

तुला:परिवारका सदस्यहरूको स्वास्थ्यको बारेमा चिन्तित हुनुपर्ने योग परेका ले सबधानि हुनु जरुरी छ।विदेशमा नयाँ रोजगार को  प्रस्ताव प्राप्त हुन सक्छ। भाग्य स्थानमा बुध ग्रह को राजयोग रहने भएकाले भाग्य मा उन्नती हुने छ सरकारी नोकरी प्राप्त गर्ने योग पनि रहेकाले प्रयास गर्नु होला र कार्यस्थल मा तपाईं प्रतिष्ठा बढ्नेछ। यदि तपाईं आफ्नो काम परिवर्तन गर्न सोच्दै हुनुहुन्छ भने, त्यसोभए तपाईं यस महिना सफल हुनुहुनेछ। जुलाई १६ तारिक पछी शनी को सुख भव मा शश योग को निर्माण हुने भएका ले ब्यापार क्षेत्र र बिशेष गरी जन्म स्थान वाट तपाईं लाई सफलता मिल्ने देखिन्छ।घर गाडी व्यवसय मा सफलता मिल्ने छ।आमा को सहयोग प्राप्त हुनेछ रव्यवसाय बृद्धि हुने सम्भावनाहरू नि रहेका छन।कडा परिश्रमका उत्कृष्ट नतीजाहरु मिल्नेछ। साथी भाई हरु सँग कुनै पनि  करोवर नगरनु होला समस्या निम्तिन सक्ने छ।शुक्र त्रिक स्थानमा रहना ले शरीर केही एलजी जस्ता घाऊ खटीरा आउने देखिन्छ स्वास्थ्य सम्बन्धी केही समस्याहरू हुन सक्छ सख्त सामाजिक दूरी नियमहरूको पालना गर्नुहोस्। भावनात्मक रुपमा अरुको बारेमा राय नदिनुहोस्  केही अपरिचितहरूले तपाईंलाई धोका दिन सक्छन्। खोकी सम्बन्धी समस्याहरू बढ्न सक्छ । महिना को अन्त्य तिर  वैवाहिक आनंदको कमी हुन सक्छ।मानव संसाधन तथा खोज अनुसन्धान गर्ने को लागि समय राम्रो छ । आफ्नो छिमेकीको मामला मा हस्तक्षेप नगर्नुहोस्। अत्यधिक वर्कलोडले शारीरिक थकान र सुस्ती निम्त्याउन सक्छ।विरोधीहरू निष्क्रिय रहनेछन्। अतर को प्रयोग हनिकारक देखिन्छ।बैभव माता को भक्ती भाव ले जीवन मा तपाईं लाई साकरत्मक बनाउनेछ।  

वृश्चिक: सफलतापूर्वक नयाँ प्रोजेक्टहरू वा कार्यहरू गर्ने समय रहेको छ। निर्माणसँग सम्बन्धित परियोजनाहरू सफल हुने समय देखिन्छ। साथी भाई तथा परिवार हरु ले सहयोग गर्नेछन।पैसाको प्रवाह नगरि खर्च गरी  नयाँ व्यापार सम्झौतालाई हुनेछ मृत्‍यु स्थान राहु बुध र सुर्य को युती ले अप्रत्यसित नोक्सन पनि हुन सक्छ।सियर बजार क्षेत्र मा केही कम्जोर देखिन्छ।सुरू मै  आत्म-विश्वासको कमी  हुने योग परेकाले गुरु को आशिर्वाद लिनुहोला    केही बुढा व्यक्तिसँग वाद-विवाद हुन सक्छ।महिना को मध्य तिर लेखक तथा रचनाकार को लागि समय राम्रो देखिन्छ ररचनात्मक क्षमता सुधार हुनेछ।ससुराली को सवालमा केही बिवाद हुन सक्ने भएका ले सचेत हुनु होला।शनी को तेस्रो घर मा अती मराक करक रहेकाले माइती तिर केही असहज स्थिथी हुनेछ।कोर्ट केश हरु तथा केही विवाद हरु वाट टाढा रहनु नै उत्तम हुनेछ अरूसँग कुरा गर्दा नम्र हुने कोसिस गर्नुहोस्। केही महिला सहकर्मीको सहयोगमा आफ्नो काममा आउने समस्याहरूलाई समाधान गर्न सक्नुहुन्छ। पेटमा तथा हाड जोर्नी र  माइग्रेन बिरामीहरूलाई अनुशासित कायम गर्नु आवश्यक पर्दछ। खर्च अलि बढ्न सक्छ। तपाईंले स्वादिलो ​​खानेकुराको आनन्द लिनुहुनेछ।लामो यात्रा यो बेला मा सजग भएर मात्र गर्नु होस् रआफ्नो बुबाको स्वास्थ्यको ख्याल राख्नुहोस्।विद्या मा भने अबरोध हुनेछैन।किताब तथा कपी हरु दान  गर्दा मन प्रसन्न हुने छ।

धनु: कार्य गर्ने आफ्नो दक्षता बढ्नेछ। झूट बोल्नहरु वाट  जोगिनुहोस्। केहि पुरानो घटना फेरि शुरू हुन सक्छ।पैसा सम्बन्धी केही समस्याहरू हुनसक्दछन्। वित्तीय लाभहरू अपेक्षा अनुसार हुन गार्हो देखिन्छ र केही अभाव पनि हुनेछ। धार्मिक तथा आध्यात्मिक झुकाव हुनेछ। सामाजिक गतिबिधी गर्द सचेत हुनुहोला अन्यथा झुटो आरोप तथा पद मा नै ठुलो समस्या नरला भन्न सकिन्न। सियर बजार गर्ने हरु जोखिमपूर्ण लगानीबाट टाढा रहनुहोस्। तर  महिला साझेदारीको माध्यमबाट नाफा हुने योग छ।आफ्नो परिवार र आमा बुबा को बारे मा चिन्तित हुनेछ। तपाईंको गाडी बिग्रिन सक्छ।आफ्नो घरको भित्री भागमा केहि परिवर्तनहरू गर्ने योजना गर्न सक्नुहुन्छ। अविवाहित व्यक्तिहरूको लागि विवाह गर्ने समय रहेको देखिन्छ तर विवाह बिथोल्न शत्रुहरू तपाईंको विरूद्ध सक्रिय हुनेछन।मुखमा घाउहरूले तपाईंलाई समस्यामा पार्न सक्छ रस्वास्थ्य सम्बन्धी केही समस्याहरूको सामना गर्नुपर्‍यो भने पनि नाअतिनुस् समय ले साथ दिनेछ।केही पुरनो शल्यकृया को पनि योग देखिन्छ।विद्यर्थी हरु को लागि कडा मेहनत गर्नु पर्ने देखिन्छ वैवाहिक जोडी र प्रेम सम्बन्ध का लागि सुरु मा केही असहज सामाना गर्नु परे पनि मध्य वाट समय उत्तम देखिन्छ।बिदेश मा रहेकले रोजगारी गुम्ने डर हुनेछ।योग साधाना गर्नु होला र लगनशीलताका साथ काम गर्नु होस् सफलता धेरै टाढा हुनेछैन।  

मकर:व्यावसायिक जीवनमा कुशल प्रबन्धकीय  का कारण ले उत्कृष्ट हुने योग परेको छ।आईटी र ई-वाणिज्य उद्योगका मा काम गर्ने हरु को लागि विशेष अनुकूल हुनेछ।र साथै स्वस्थ्य क्षेत्र मा काम गर्ने ब्यक्ती हरु को लागि भने होसियारी हुन जरुरी देखिन्छ।आफ्नो जीवन साथी सँग रमाइलो यात्रा गर्ने समय देखिन्छ र ससुराली वाट ठुलो सहयोग प्राप्त गर्ने समय रहेको छ।विद्यर्थी वर्ग हरु ले ठुलो सफलता प्राप्त गर्न सक्छन।र आफ्नो सन्तान को प्रगती मा मन प्रसन्न हुने छ।खेल्कुद क्षेत्र मा लागेका हरु ले केही सबधानी रहनु  अन्यथा केही फ्यक्चर हुने करण देखिन्छ।परिवार को ठुलो सहयोग का करण भविस्य मा प्रगती हुने वाटो खुल्ने छ। आमा बुवा को आशिर्वाद सधैं लिएर मात्र कुनै पनि दिन को सुरवात गर्दा गरेका काम हरु पूर्ण सफलता मिल्ने छ। सामाजिक गतिविधी मा सामेल हुइने छ र मन सम्मन मिल्नेछ। सरकार वाट ठुलो सहयोग मिल्ने छ र सरकारी जागिर मा पद उन्नती को योग पनि छ। बिदेश मा गरिने सवै कार्य हरु सफल हुने देखिन्छ र कृषि क्षेत्र को अध्ययन गर्ने र कृषि क्षेत्र मा लगनी जुटने छ र सफलता मिल्ने देखिन्छ।धार्मिक क्षेत्र को भ्रमण गर्दा श्री गणेश को  दर्शन गर्दा सुख शान्ती र आरोग्य मिल्ने छ। माया प्रेम को सम्बन्ध मा यो महिना आफुलाई मन पर्ने ब्यक्ती को तरफ वाट प्रस्तव को पनि योग देखिन्छ।

कुम्भ:महिना को सुरु देखी नै परिवार सँग बस्ने मौका मिल्ने छ र खुशी जीवन हुने छ। आफ्नो ब्यक्तिगत कुरा हरु अरु सँग नगरनु होला र कुरा गर्दा आफ्नो गोप्यनियता को ख्याल गर्नु पर्ने हुनेछ।गरेका निर्णयहरूको ले ध्यान दिएर मात्र अगाडि बडनु उचित देखिन्छ । यात्रा फलदायी हुनेछ। तपाइँको काममा बाधा हुन सक्छ। व्यापारको बारेमा केहि राम्रो विचार आउनेछ।आफ्नो परिवार र बच्चाहरूसँग गुणस्तरीय समय बिताउनुहुनेछ।धार्मिक गतिविधिहरूमा मन जनेछ।तपाईं कला र संगीत तिर बढी झुकाव हुनेछ।विवाहित जोडी रोमन्चित हुनेछन र गर्व अवस्था रहने योग पनि देखिन्छ।व्यवसहिक क्षेत्रमा आफ्नो पार्टनर सँग केही फरक परिस्थी हुनेछ।कार्य दक्षता खस्कन सक्छ।स्वास्थ्य बिग्रन सक्छ। टाउको दुख्ने तपाईलाई समस्या हुन सक्छ।वाथ रोग तथा दम रोग का बिमारि हरु ले बिशेष ध्यान दिनु होला।केही ब्यक्ती हरु लाई जन्डिस को पनि योग देखिएकाले खानपिन र पानी पिउने मात्रा बडाउनु होला।सुर्य ग्रह को शुभ प्रभाव ले कार्यस्थलमा अधिकार र प्रभाव बढाउँदछ। सवारी र गाडी को प्रयोग गर्दा बिशेष ध्यान दिनु होला महिना को अन्त्य तिर शुभ समाचार प्राप्त हुनेछ।

मीन: व्यावसायिक जीवनमा विकास र सफलता प्राप्त हुनेछ।परिवारमा तपाईंको आदर र कद बढ्नेछ।कुनै ठूलो परियोजनाको हिस्सा बन्न सक्नुहुन्छ। महीनाभर अत्यधिक ऊर्जावान र उत्साहित हुनुहुनेछ।सवै समस्याहरू समाधान हुने छ। प्रेम र विबाहित जीवन मा वृद्धि हुनेछ। परिस्थिति तपाईंको पक्षमा हुनेछ। सम्पत्ति सम्बन्धी मामिलामा सफलता।नया घर खरिद को योग देखिन्छ र घर सर्ने योग पनि परेको छ। कुनै पनि रिन हरु लिन र दिन को लागि समय राम्रो नदेखिएको करण ले सन्चित रकम कसै लाई दिने समय देखिदैन।महत्वपूर्ण कार्यहरू वा प्रोजेक्टहरू सुरू गर्न समय उपयुक्त छ। पारिवारिक वातावरण सकारात्मक हुनेछ। हतारमा केही गर्नबाट जोगिनुहोस्।बच्चाको सफलता र प्रगति तपाईं गर्व हुनेछ। महिना विशेष गरी विद्यार्थीहरूको लागि उपयुक्त हुने छ।स्वास्थ्य ले साथ दिनेछ तर बहिनी को छ।स्वास्थ्यमा भने केही असर देखिएको हुनले सचेत हुनुहोला।मौसमी रोगहरु बाट सावधान हुन आवश्यक छ।केहि आउँदै गरेको धार्मिक समारोहमा सहभागी हुन सक्नु हुन्छ।

 

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349