केही हप्ता अगाडी बरिस्ठ गायक खेमराज गुरुङको मृत्युले सारा नेपालीलाई स्तब्ध बनायो। उनको लोकप्रीयता नेपाली साङ्गीतिक आकाशमा औधीनै रहेको थियो। हरेक उमेर समुहका मानिसहरुले उनको वारी जमुना पारी जमुना सुनेका थिए। उनलाई वारी जमुना पारी जमुना गायक भनेर पनि चिनीने गरिन्थ्यो। उनले नेपाली गीत र सङ्गीतमा गरेको योगदान उतुलनिय थियो तर एक्कासी उनको मृत्युको खवरले सबैलाई मर्माहत बनायो।सारा विश्वका नेपाली स्तव्ध भए। समबेदनाका स्वरहरु बर्षीन थाले। पछि उनको उपचारमा सम्लग्न डाक्टरबाट थाहा भयो कि उनको मृत्युको मुख्य जड रक्सी रहेछ। डाक्टरले जन्डीस भएपछि रक्सी मुखमा नहाल्नु भनेर चेतावनी दिदा दिदै पनि उनले त्यसलाई अस्वीकार गर्दा बाच्न मन हुँदा हुँदै अन्तत: हामी सबैलाई केबल मिठा मिठा गीतहरु दिएर एउटा कहिलै नमेटिने सम्झना दिएर गए।४२ वर्षीय गुरुङको कलेजोमा समस्या आएपछि उनको उपचारको क्रममा निधन भएको थियो।
त्यस्तै आज एकाएक फेरी अर्को दुखद खवर आयो।नेपाली साङ्गीतिक आकाशका एक कुसल गायक, एरेन्जर एबम् गीतार बाधक सुनील बर्देवाको मृत्यु।यो समाचारले झन् स्तव्ध बनायो। एका बिहानै यस्तो अप्रत्यारिलो समाचारले मननै गरुङ्गो भएर आयो। उपचारमा सम्लग्न डाक्टरहरुका अनुसार उनको मृत्यु लिभर सिरोसिसबाट भएको बताइएको छ जुन नेपाल र विश्वका धेरै देश हरुमा लिभर सिरोसिस हुनुको प्रमुख कारण रक्सी सेवन भएको चिकित्सकहरु बताउँछन् । नियमित रुपमा खाने रक्सीले कलेजो सुन्निदै जान्छ । किनभने रक्सीको मात्रा बढेसंगै कलेजोमा बोसो जम्दछ । बोसो जमेपछिको अवस्थामा जण्डिस देखा पर्ने गर्दछ । यसलाई ‘अल्कोहोलिक हेपाटाइटिस’ भनिन्छ ।(स्वास्थ्य खबरबाट प्रेसीत)
त्यस्तै बिगतलाई हेर्ने हो भने आफ्नै पृथक शैलीका कारण नेपाली जनमानसमा चिरपरिचीत पप गायक कुल पोखरेलले पनि २३ बर्षको कलिलो उमेरमा ज्यान गुमाउनु परेको थियो। उनी भर्खर भर्खर लोकप्रिय बन्दै गएको परिस्थितीमा लागु औषधको दुव्र्यवसनीमा फसेर मानसिक तनाबका कारण आत्महत्याको बाटो रोजेका थिए।उनका हुन्न र, यस पाली दशैंमा ठुलो दाई आउने रे,बोलाउँदा खेरी बोल्दीनौ जस्ता गीतहरु नेपाली साङ्गीतिक दुनियाँमा लोकप्रिय बनेर हरेक सङ्गीत प्रेमीको मनमा बस्न सफल रहेका छन्।
यसरी अल्पायुमै मृत्यु हुने कलाकारहरु धेरै छन्। मृत्युको कारण बिवीध होलान् कोही कुलतमा फसेर त कोही मानसिक तनाबको जन्जीरमा फसेर।किन कलाकारहरुले आफ्नो आयुलाई छोट्याई रहेका छन्!
म मेलेबोर्नमा बस्छु अनि म कुनै ईभेन्टसँग आबद्द पनि छु। ईभेन्ट आयोजना गर्ने क्रममा धेरै कलाकारहरुसँग मेरो सम्पर्क भयो। उनीहरुसँग नजिकको दाजु भाईजसो गरि मैले कैयौ पल बिताएको छु। उनीहरुलाई नजीकबाट चिन्ने कोशीस पनि गर्छु। हो कलाकारहरुले अहिलेको देशको बिसम् परिस्थीतिमा अनि ईन्टरनेटको दुनीयाँमा एल्बम बेचेर आफ्नो आय आर्जन जोड्ने अनि घरपिवारको जिवीकोपार्जन गर्ने भनेको एकदमै गार्होको कुरा हो।बिदेश तिर हुने कन्सर्टहरुबाट आएको रकमले केहीले आफ्नो गुजारा चलाएका छन् र गीत सङ्गीतलाई निरन्तरता दिई रहेका छन्। कति त बिस्थापीत पनि भईसके,कता गए कहाँ हराए केही अतोपत्तो छैन।
बिदेश गएर कार्यक्रम गर्नु बाध्यता जस्तो भई सक्यो आजकाल कलाकारहरुलाई। तर कुनै आयोजकले बोलायो भन्दैमा अनियन्त्रीत पारामा रमाईलो गर्नु अलिक आफ्नो स्वास्थ्यले पनि दिन्न कि। यहाँ खाने, पिउने अनि रमाईलो गर्नेको कुरा होईन। यहाँ आफ्नो स्वास्थ्य स्थिती के कस्तो छ। शरीरले पचाउँछ या पचाउँदैन।के यो एकछिनको रमाईलोले मलाई दिर्घकालीन रुपमा कुनै असर त गर्दैन। कतै मेरो मृत्युको कारण यी चिजहरु पो हुन् कि सोच्न जरुरी छ। यहाँ सबै कलाकारलाई भन्न खोजीएको कदापी पनि होईन। तर कोही त्यस्ता पनि छन् जसले आयोजकले बोलाए पछि यसको भए सम्म खानु पर्छ भन्ने मनसाय भएका पनि हुन्छन्।सित्तैमा पायो भने अलकत्र पनि खान अघि सर्नेहरु।
यहाँ खाने र पिउनेसँगको सबाल होईन। यहाँ देशका गहनाहरु छोटो समयमा रक्सी र लागु औषधको प्रयोगका कारण अकालमा आफ्नो ज्यान नगुमाउन् भन्ने मात्र हो। जो कोहीलाई पनि आफ्ना लोकप्रिय कलाकार सबैको मनमा बसेका कलाकारहरुको अल्पायुमानै मृत्यु भएको खबरले बिचल्लीत बनाउनु स्वभाबिकनै हो। यसले पक्कै पनि साङ्गीतक फाँटका एक मुर्धन्य कलाकार गुमाउनको पीडा आफ्नो ठाउँमा छँदैछ भने छोटो उमेरमा मृत्युबरण गर्दा घर परिवार, साथी सङ्गीर लाखौं उसका अनुयायीहरुलाई कति पिडा हुन्छ। यो सबै कलाकारहरुले बुझ्न अनिबार्य भएको छ। बेलैमा सचेत भएर आफ्नो स्वास्थ्यको ख्याल राख्नु एकदम जरुरी छ। अन्यथा अकालमा मृत्यहुनेहरुको लिस्ट बड्ने निश्चीत पक्का छ।
जय गीत जय सङ्गीत जय श्रस्टा