eNepal

आन्दोलनरत “इनफ इज इनफ” र सरकार बिच १२ बुदे सहमति

काठमाडाैं- सरकार र ‘इनफ इज इनफ’ अभियानबीच १२ बुँदे सहमति भएकाे छ। सहमतिपछि मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन्। कोरोना भाइरसविरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा अभियानका युवाहरु अनसन बसेका थिए।

अभियान र स्वास्थ्य मन्त्रालयबीच काेराेनाकाे जोखिममा रहेका सबैकाे राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने सहमति भएकाे छ। आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टाइन र होल्ङिङ सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टाइनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै घर पठाउने तथा समाजमा पुनर्स्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्ने सहमति भएको छ।

विदेशबाट आएका व्यक्तिलाई ५ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ। होम क्वारेन्टिनको निर्देशिका हप्तादिन भित्र तयार पार्ने सहमति पनि भएको छ।

सत्याग्रही युवाहरुले कोरोना परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टानको व्यवस्था राम्रो हुनु पर्ने सहितका माग राखेर आन्दोलन गर्दै आएका थिए।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349