हिन्दु महिलाहरुको महान चाड हरीतालिका तीजको अघिल्लो दिन आज घर घरमा दर खाएर रमाईलो गर्ने चलन रहँदै आएको छ। बिशेष गरेर बिवाह भएर गएका चेलीहरु माईत आएर आमाको हातले बनाएको दर खाने चलन परापुर्व काल देखि चलि आएको छ।
भाद्र शुक्ल पक्ष व्दितीयाको दिन बिवाहीता महिलाहरुले आफ्नो श्रीमानको शुस्वास्थ्य तथा दिर्घायुको कामना अनि अविबाहीत महिलाहरुले शुयोग्य बर पाईयोस भनेर ब्रत बस्ने दिनको एक दिन अगाडी घर या माईतमा दुधबाट बनेका बिभिन्न परिकारहरु खिर, रोटी अादि खाएर नाँचगान गर्ने चलन रहि आएको छ।आजको दिनलाईनै दर खाने दिन पनि भनिन्छ।
बिशेष गरेर माईतीहरुले आफ्ना छोरीहरुलाई डाकेर दर खुवाने अनि दुख, सुख साट्ने अनि परिवारीक जमघट गरिने गरिन्छ।आज बाट शुरु भएको हरितालीका तीज पण्चमीसम्म मनाईने गरिन्छ।
परमार्जीत समाज अनि बड्दो आधुनिकीकरणसँगै यो चाडलाई आधुनिकताबादले छोएको छ। महिनौ देखि रमाईलो गर्ने, मनाउने भन्दा पनि देखाउने चलन बढेको देखिन्छ।