eNepal

कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना बुधबार नेपालका लागि उडे

कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना गएको बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको एरपोर्टबाटै गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् । उनीहरुको विदाइका लागि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दुतावासका प्रवक्ता शरदराज आरणलगायतका टोली ग्याटवी विमानस्थल पुगेको थियो ।

उनीहरु यूके समय अनुसार अपरान्ह २ बजेर ३० मिनेटमा उड्ने पूर्व तालिका भए पनि सुरक्षा जाँचलगायत कागजी प्रकृया पूरा गर्दा केही ढिला भएको छ । यात्रुहरुको सहयोगका लागि नेपाली दुतावास लन्डनले विमानस्थलमै अस्थायी कन्सुलेट सेवा दिएको थियो । दुतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको छ । एनआरएन यूकेले नेपाली दुताबाससँगको सहकार्यमा लामो समयदेखि बेलायतमै अड्किएर बस्न बाध्य मेडिकल डक्टरहरु, पारिवारिक भेटघाटमा आएका अभिभावक तथा आफन्तको मृत्य तथा बिरामीजस्ता कारणले नेपाल जानैपर्ने बाध्यतामा परेकालाई पहिलो प्राथमिकताको राखेर नेपाल पठाइएको नेपाली दुतावास लन्डनले जनाएको छ ।

४ महिनासम्म लकडाउनपछि नेपाल जान पाएका सवै यात्रुहरु दंग परेर विमानस्थल पुगेका थिए । नेपाल उड्ने मध्येकै एक यात्री सुभाष दाहालले स्वास्थ्यको कारण नेपाल जानैपर्ने भएकाले एनआरएन यूकेको पहलमा नेपाल जान पाएकोमा खुसी ब्यक्त गरे । उनले एनआरएन यूकेले यसरी अभिभावकको रुपमा रेखदेख, खानपिन र स्वास्थ्य लगायतको सहयोग गरेकोमा प्रशन्नता प्रकट गरे । नेपाल फर्किने यात्रुको व्यवस्थापनको जिम्मा लिएका एनआरएन यूकेका सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीवन सेनले पहिलो फ्लाइट पठाउन सफल भएकोमा एनआरएनए युके र नेपाली दुतावास लण्डनलाई धन्यवाद दिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349